नेपाली बजारमा आइपुग्यो होन्डा हर्नेट २.०, यस्ता छन् प्रारम्भिक मूल्य र विशेषता
काठमाडौं – होन्डाको नयाँ बाइक हर्नेट २.० नेपाली बजारमा आइपुगेको छ । नेपालका...
होन्डाले आफ्नो लोकप्रिय स्कुटर एक्टिभाको प्रिमियम एडिसन लन्च गरेको छ । यो नयाँ भेरियन्टको मूल्य ७५ हजार ४ सय भारु निर्धारण गरिएको छ । जुन रेगुलर भेरियन्टको तुलनामा ३ रुपैयाँसम्मले महंगो हो ।
हाल कारोबार भैरहेको एक्टिभा ६जीमा कस्मेटिक अपडेट गरी ल्याइएको यो स्कुटरको केही पार्टसमा गोल्ड फिनिस दिइएको छ । सिट र प्लास्टिक क्लेडिङमा खैरो कलर दिइएको यो स्कुटर स्ट्यान्डर्ड भेरियन्टको तुलनमा निकै नै फ्रेस देखिएको छ ।
यो प्रिमियमा एडिसनमा होन्डाले रेगुलर एक्टिभामा प्रयोग गरेको इन्जिनलाई निरन्तरा दिएको छ । यसमा जडान गरिएको १०९.५ सिसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले ७ .७ एचपी पावर र ८.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा सिभिटी गियरवक्स जडान गरिएको छ ।
स्ट्यान्डर्ड एक्टिभा ६जीमा झै यसमा पनि दुवै चक्कामा स्टिल ह्विल र एउटै आकारको ट्युवलेस टायर दिइएको छ । दुवै चक्कामा १३० एमएमको ड्रम व्रेक जडान गरिएको यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी ३ तवरबाट एड्जस्ट गर्न मिल्ने हाइड्रोलिक शस जडान गरिएको छ । यो स्कुटर अवको केही समयपछि नेपाली बजारमा समेत आउन सक्ने अनुमान लगाएको छ ।
काठमाडौं – होन्डाको नयाँ बाइक हर्नेट २.० नेपाली बजारमा आइपुगेको छ । नेपालका...
जापनीज अटो मेकर होन्डाले मिड साइज एसयुभीमा प्रतिस्पर्धा गर्न नयाँ एसयुभी...
होन्डाको आगामी एसयूभी होन्डा एलिभेट मिडसाइज कार ६ जुनमा सार्वजनिक हुँदैछ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...