२०२६ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट परीक्षणमा देखियो, अन्डरबडी सीएनजी ट्याङ्की र एडास फिचर हुने अनुमान
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र...
मारुती सुजुकी अल्टो के१० भारतमा लन्च गरिएको छ । सो कार स्ट्यान्डर्ड, एलएक्सआई, भीएक्सआई र भीएक्सआई प्लस गरी चार भेरिएन्टमा उपलब्ध हुनेछ । स्ट्यान्डर्ड भेरिएन्टको मूल्य ३ लाख ९९ हजार र सबैभन्दा माथिल्लो भीएक्सआई प्लस भेरिएन्टको मूल्य ५ लाख ८४ हजार भारु तोकिएको छ ।
नयाँ अल्टो के१० नयाँ डिजाइन, आधुनिक सुविधाहरू र उपकरण तथा राम्रो सुरक्षा उपकरणसहित ल्याइएको छ भने इन्जिनमा पनि परिवर्तन गरिएको छ । यो अहिलेसम्मको भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने कार हो र विगत २२ वर्षदेखि भारतीय बजारमा राज गर्दै आएको छ ।
अल्टो के१० मारुती सुजुकीको हार्टेक्ट प्लेटफर्ममा आधारित छ । यसको लुकको कुरा गर्दा अगाडि हेक्सागोनल मेससहितको कालो ग्रिल दिइएको छ भने दुवैतिर पातलो र गोलाकार हेडलाइटहरू उपलब्ध छन् । बम्परको तल्लो भागमा पातलो एयर ड्याम छ । सुजुकीको लोगो बीचमा राखिएको छ । नयाँ लाइन र क्रिजका कारण यो निकै आकर्षक देखिन्छ ।
फिचरको सन्दर्भमा यसमा रिमोट–की, स्मार्टप्ले ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कारप्ले सपोर्ट र स्टेयरिङ–माउन्टेड अडियो कन्ट्रोल यसमा उपलब्ध हुनेछ । टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पहिलो पटक दिइने भएको छ, जुन अहिलेसम्म ठूला कारमा मात्रै देखिन्थ्यो । नयाँ अल्टो के१० मा यूएसबी पोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, म्यानुअल एसी जस्ता सुविधाहरू प्रदान गरिएको छ ।
सुरक्षाका हिसाबले अगाडि दुईवटा एयरब्याग, रियर पार्किङ सेन्सर, एबीएस, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, प्रि–टेन्सन र फोर्स लिमिटर, फ्रन्ट सिट बेल्ट आदि उपलब्ध गराइएको छ ।
नयाँ अल्टो के१० मा १.० लिटरको के१०सी इन्जिन उपलब्ध छ । यसले पहिले उपलब्ध ०.८ लिटर एफ८डी इन्जिनको स्थान लिनेछ । सो इन्जिनले ६६ बीएचपी पावर र ८९ एनएम टर्क जेनेरेट गर्छ । यसमा आइडल स्टार्ट स्टप फङसन हुनेछ, जसले माइलेज बढाउनमा मद्दत गर्नेछ । यसमा स्ट्यान्डर्ड ५–स्पिड म्यानुअलका साथ एजीएस गियरबक्स अप्सन उपलब्ध हुनेछ ।
यसको अटोमेटिक भेरिएन्टले २४.९ र म्यानुअल भेरिएन्टले २४.३९ किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । सो कार विभिन्न ६ कलर अप्सनमा उपलब्ध हुनेछ ।
अल्टो के१० मा धेरै परिमार्जन गरिएको छ र यो पहिले भन्दा सानदार तथा आधुनिक लाग्छ । नेपाली बजारमा पनि यो कार केही समय पछि आउन सक्छ । ग्राहकले कति मन पराउछन् भन्ने कुरा भने भविष्यमा नै थाहा हुनेछ ।
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र...
मारुती सुजुकीले आफ्नो ह्याचब्याक गाडी वागन आर हाइब्रिड इन्जिनमा ल्याउने...
भारतमा कारको बिक्री तथ्याङ्क सार्वजनिक गरिएको छ। यस पटक टाटा मोटर्सको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...