फायरप्रुफ ब्याट्री भएको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा फायरप्रुफ ब्याट्रीयुक्त इलेक्ट्रिक स्कुटर भित्रिएको छ । केही समय पहिले देखि नै कोमाकीका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको युनिटी ट्रेडिङ प्रालिले कोमाकी डीटी ३००० इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने बताएको छ ।

कम्पनीले आगामी दुई साता भित्र डेलिभरी दिने गरी यसको बुकिङ लिन शुरु गरेको छ । सो स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँ तोकिएको छ । पहिलो २० ग्राहकलाई २० हजार रुपैयाँ छुट र अन्य विभिन्न अफर सहित सो स्कुटरको बुकिङ खुला गरिएको हो ।

सो स्कुटरको रेटेड पावर ३००० वाट र पिक पावर ५२०० वाट छ । यसमा ६२ भोल्ट ५२ एएचको लिथियम आयोन ब्याट्री रहेको छ । फुल चार्जमा सो ब्याट्रीले १६० किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्री फायरप्रुफ हुनुका साथै वाटरप्रुफ समेत छ । त्यसैगरी स्मार्ट बीएमएस एक्टिभ ब्यालेन्सिङ छ ।

ब्याट्रीलाई एकपटक फुलचार्ज गर्न ४ देखि ५ घण्टा समय लाग्ने र स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

सो स्कुटरमा टिएफटी टच स्क्रिन, दुवै चक्कामा डिस्क ब्रेक, स्टेनलेस स्टिल फ्रेम च्यासिस, दुवै साइडमा फुट रेष्ट, ब्याक गार्ड र फराकिलो वुट स्पेस जस्ता विशेषता उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

९ महिनामा नेपाल भित्रिए करिव ८ हजार ईभी, चैतमा मात्र भित्रिए करिव ९ सय ईभी

९ महिनामा नेपाल भित्रिए करिव ८ हजार ईभी, चैतमा मात्र भित्रिए करिव ९ सय ईभी

काठमाडौं – नेपाली बजारमा चालु आर्थिक वर्ष अर्थात गत साउन देखि चैत महिना...

‘एमएडब्लु बाईब्याक’ योजनाले बढायो दिपल एस०७ प्रतिको विश्वास

‘एमएडब्लु बाईब्याक’ योजनाले बढायो दिपल एस०७ प्रतिको विश्वास

एमएडब्लु वृद्धिले केही साताअघि दिपल एस०७ आईसीएमा लागू गरेको बाईब्याक...

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

टोयोटाको नयाँ हाइब्रिड गाडी नेपाली बजारमा, शुक्रबार सार्वजनिक गरिदै

काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...