अब इलेक्ट्रिक स्कुटरमा आगलागीको खतरा कम हुने, कोमाकीले ल्यायो फायरप्रुफ ब्याट्री

केही महिना अघि इलेक्ट्रिक स्कुटरमा आगलागीका धेरै घटना भएपनि अब यो समस्या हट्दै गएको छ । यसको समाधानको लागि इलेक्ट्रिक टु–ह्विल सवारी निर्माता कम्पनी कोमाकीले फायरप्रुफ ब्याट्री लन्च गरेको छ । सो ब्याट्री आगामी महिनादेखि कम्पनीका सबै सवारीमा उपलब्ध हुनेछ ।

कोमाकी इलेक्ट्रिक डिभिजनका निर्देशक गुञ्जन मल्होत्राले यो सफलताले कोमाकीलाई बजारमा भरपर्दो ब्रान्डको रूपमा स्थापित गर्ने बताए । सो ब्याट्रीलाई मोबाइल एपबाट पनि कन्ट्रोल गर्न सकिन्छ । इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीले पनि यी ब्याट्री मर्मत गर्न सक्ने भएकाले ढुवानी खर्च पनि बचत हुने उनले बताए ।

सो ब्याट्रीको सेलमा आइरन हुन्छ, जसले ब्याट्रीलाई चरम अवस्थामा आगोबाट सुरक्षित बनाउने कम्पनीले दाबी गरेको छ । साथै ब्याट्रीमा सेलको संख्या पनि एक तिहाइले घटाइएको छ, जसले ब्याट्री प्याक भित्रको तापलाई कम गर्नेछ । यसको लाइफ साइकल २५०० देखि ३००० छ ।

कोमाकीका विभिन्न मोडल बजारमा उपलब्ध छन् । कम्पनीले भेनिस स्कुटरको लागि एक पटक चार्जमा ३०० किलोमिटर र कोमाकी एसई र टीएन९५ मा १८० किलोमिटर माइलेज दिने दाबी गरेको छ । कम्पनीले यो वर्षको सुरुमा रेन्जर र भेनिस इलेक्ट्रिक टु ह्विल र डीटी ३००० लन्च गरेको थियो ।

सम्बन्धित समाचारहरू

फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै

फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

विश्व साइकल अभियानमा याडिया वाइकको सहयोग

विश्व साइकल अभियानमा याडिया वाइकको सहयोग

विश्व साइकल अभियानमा निस्किएका नेपाली वाइकर शुभ प्रसाद शर्मालाई याडिया...

शशीला मोटर्सले बुटवलमा खोल्यो नेपालको सबैभन्दा ठूलो ईभी चार्जिङ स्टेशन

शशीला मोटर्सले बुटवलमा खोल्यो नेपालको सबैभन्दा ठूलो ईभी चार्जिङ स्टेशन

काठमाडौं–शशिला मोटर्सले बुटवलको तिलोत्तममा ईभी चार्जिङ स्टेशन सञ्चालनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...