मर्सिडिज बेन्जद्वारा हाइड्रोजनबाट चल्ने नेक्स्टजेन एच–टु ट्रक सार्वजनिक
मर्सिडिज बेन्जले हाइड्रोजन इन्धनमा आधारित नयाँ पुस्ताको हेभी–ड्युटी...
टेस्लाका लागि चीनको विश्व प्रसिद्ध कम्पनी बीवाईडीले उपलब्ध गराएको ब्लेड ब्याट्री प्रयोग भएको इलेक्ट्रिक गाडी करिब एक महिना भित्रै बजारमा आउने भएको छ । जर्मनीको बर्लिनमा अवस्थित टेस्ला फ्याक्ट्रीमा सो गाडी उत्पादन भइरहेको र अगस्ट अन्त्य वा सेप्टेम्बर प्रारम्भमा सो गाडी सार्वजनिक हुने विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
बीवाईडीको बर्लिन प्लान्टमा टेस्ला मोडल वाई उत्पादन हुने गरेको छ । यसका आधारमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग भएको कार पनि मोडल वाई नै हुने बताइएको छ ।
गत वर्षको अगस्ट देखि नै बीवाईडीले टेस्लालाई ब्याट्री सप्लाई गर्ने समाचार सार्वजनिक भइरहेका थिए । गत जुनमा बीवाईडीको अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट र डाइरेक्टर लियान युवोले बीवाईडीले छिट्टै नै टेस्लालाई ब्याट्री सप्लाई गर्ने बताएका थिए । यद्यपि सो भिडियो केही समय पछि हटाइएको थियो । टेस्लाले भने यस वारेमा केही जानकारी नभएको बताएको थियो ।
चीनको सांघाईमा अवस्थित प्लान्टमा भने यो ब्याट्री प्रयोग हुने छैन । सांघाई प्लान्ँटमा टेस्लाले वार्षिक रुपमा ७ लाख ५० हजार युनिट कार उत्पादन गर्छ । यहाँ टेस्लाका मोडल ३ र मोडल वाई उत्पादन हुन्छन् । यहाँ सीएटीएल र एलजीका ब्याट्री प्रयोग हुने गरेका छन् ।
त्यसैगरी टेस्लाको क्यालिफोर्निया प्लान्टबाट ६ लाख ५० हजार वार्षिक कार उत्पादन हुने क्षमता छ । यहाँ मोडल एस, मोडल एक्स, मोडल ३ र मोडल वाई उत्पादन हुन्छन् ।
यी वाहेक टेस्लाको जर्मनीस्थित बर्लिन र अमेरिकास्थित टेक्सास प्लान्टबाट वार्षिक २ लाख ५० हजार कार उत्पादन गर्ने क्षमता छ । यहाँबाट मोडल वाई मात्र उत्पादन हुन्छ ।
के हो ब्लेड ब्याट्री ?
ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ ।ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।
ब्याट्री उद्योगमा गरिने सबैभन्दा महत्वपूर्ण परीक्षण ‘नेल पेनेट्रेसन टेस्ट’ मा यो ब्याट्रीले सफलता हासिल गरिसकेको छ । अप्टिमाइज गरिएको ब्याट्री प्याक बनावटका कारण यसको उपयोग पनि सामान्य भन्दा ५० प्रतिशत बढी गर्न सकिन्छ ।
मर्सिडिज बेन्जले हाइड्रोजन इन्धनमा आधारित नयाँ पुस्ताको हेभी–ड्युटी...
काठमाडौं– ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ई–५ ले विश्वव्यापी...
काठमाडौं – नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...