नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
काठमाडौं – भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी...
ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ ।ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।
ब्याट्री उद्योगमा गरिने सबैभन्दा महत्वपूर्ण परीक्षण ‘नेल पेनेट्रेसन टेस्ट’ मा यो ब्याट्रीले सफलता हासिल गरिसकेको छ । अप्टिमाइज गरिएको ब्याट्री प्याक बनावटका कारण यसको उपयोग पनि सामान्य भन्दा ५० प्रतिशत बढी गर्न सकिन्छ ।
ब्लेड ब्याट्रीलाई ३३ मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसैका कारण नै बीवाईडीको हान ईभीले ३.९ सेकेन्डमै ० देखि १०० किमी सम्मको गति लिन सक्छ । पहिलो पटक यो गाडीमा सो ब्याट्रीको प्रयोग गरिएको थियो ।
बीवाईडीको हान ईभीले सिंगल चार्जमा ६०५ किमीको यात्रा तय गर्न सक्छ । यो सबै ब्लेड ब्याट्रीकै कारण भएको बीवाईडी अटो सेल्सका भाइस जनरल म्यानेजर लि युन्फेई बताउँछन् ।
बीवाईडी हान ईभीमा भएको ७६.८ केडब्ल्युएच क्षमताको ब्याट्री छ र यसले ६०५ किलोमिटरको रेन्ज दिन्छ । यो सिंगल सेल ब्याट्री हो, जसको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी र उचाई १.३५ सेमी हुन्छ । ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री पाइन्छन् ।
यही वर्षको जुन ४ मा चीनको चोङकिङस्थित फिनड्रिम्स ब्याट्री फ्याक्ट्रीमा एक सय भन्दा बढी सञ्चारकर्मी र विशेषज्ञहरु भेला भएका थिए, जहाँ बीवाईडी ब्लेड ब्याट्रीको उत्पादन हुन्छ । गत मार्च २९ मा औपचारिक रुपमा सञ्चालनमा आए पश्चात यो बीवाईडीले आयोजना गरेको पहिलो फ्याक्ट्री टुर थियो । यसमा सो ब्याट्रीको उत्पादन प्रक्रिया र विशेषता वारेमा सबैलाई जानकारी गराइएको थियो ।
चीनको बिसान जिल्लामा अवस्थित सो फ्याक्ट्री ब्लेड ब्याट्रीको लागि एक मात्र प्रोडक्सन बेस हो । उच्च स्तरीय इक्विपमेन्ट र उचित वातावरण सहितको सो फ्याक्ट्रीका लागि १० बिलियन युआन लगानी गरिएको छ भने वार्षिक रुपमा २० जीडब्ल्युएच क्षमतामा ब्याट्री उत्पादन गर्न सकिन्छ ।
नेपाली बजारमा पनि बीवाईडीका कार र डेलिभरी भ्यान उपलब्ध छन् भने अब इलेक्ट्रिक बस समेत उपलब्ध हुँदैछन् । नेपालमा साइमेक्स इंकले बीवाईडीका इलेक्ट्रिक गाडी बिक्री–वितरण गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...