५ लाख ३० हजार प्रतिस्पर्धी बीच नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

काठमाडौं – टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताको यस पटकको संस्करणमा बुटवलकी निकिता भट्टराई समूह ‘सी’ अन्तर्गत उत्कृष्ट प्रतिस्पर्धी बन्न सफल भएकी छिन् ।

विश्वका ७८ देशमा कोरिएका ५ लाख ३० हजार ड्रिम कारको तस्विर मध्येबाट २४ वटा चित्र उत्कृष्ट भएका थिए । ती मध्ये ‘आर्टिफिसियल इन्टेलिजेन्स वेस्ड कार’ नामक चित्र उत्कृष्टमा पर्न सफल भएको हो ।

टोयोटाले ड्रिम कार आर्ट प्रतियोगीता विश्वका ७८ देशमा आयोजना गर्दै आएको छ । सन् २००४ बाट सुरु भएको यो प्रतियोगिताको फाइनलमा गएर पहिलो पटक नेपालको चित्र पुरस्कृत भएको हो ।

टोयोटाले विद्यार्थीलाई उमेर समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउँदै आएको छ । जहाँ समूह ए अन्तर्गत ६ वर्षसम्मका बालबालिका, समूह बी अन्तर्गत ७ देखि १२ वर्षसम्मका बालबालिका र समूह सी अन्तर्गत १३ देखि १५ वर्ष उमेरका बालबालिकाले प्रतिस्पर्धा गर्ने गर्छन् ।

निकिताले टोयोटा मोटर्स कर्पोरेसनको तर्फबाट ३ हजार डलर नगद पुरस्कार समेत प्राप्त गरेकी छिन् । उनी विजेता भएसँगै नेपालको लागि टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले एक कार्यक्रम आयोजना गरी शिल्ड तथा सर्टिफिकेट वितरण गरेको छ । उक्त वितरण कार्यक्रममा यूटिएसका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य, बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी र महाप्रबन्धक महेश कुमार एमको उपस्थिति रहेको थियो ।

बुटवलको एभरेष्ट स्कुलबाट एसईई पास गरेकी निकिता हाल सेन्ट जेभियर्समा ए लेवल अध्ययतरत छिन् । उनी चित्रकलामा आफ्नो रुचि रहेको बताउँछिन् ।

सम्बन्धित समाचारहरू

सन् २०२१ मा विश्व भर सबैभन्दा धेरै गुगल सर्च गरिएको कार ब्रान्ड बन्यो टोयोटा

सन् २०२१ मा विश्व भर सबैभन्दा धेरै गुगल सर्च गरिएको कार ब्रान्ड बन्यो टोयोटा

गुगल सर्च इन्जिनमा टोयोटा सबैभन्दा धेरै खोजिने कार ब्रान्ड बनेको छ । गत...

एयरब्याग नखुले पछि टोयोटालाई ६१ लाख ३६ हजार भारु क्षतिपूर्ति

एयरब्याग नखुले पछि टोयोटालाई ६१ लाख ३६ हजार भारु क्षतिपूर्ति

भारतको छत्तीसगढ स्टेट कन्ज्युमर कमिशनले टोयोटा किर्लोस्कर मोटर...

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

काठमाडौं – टोयोटाले नेपाली फुटबल टिम मनाङ मर्स्याङदी क्लबलाई प्रायोजन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...