यस्ता छन् हन्टर ३५० का ५ विशेषता

रोयल इन्फिल्डले लगभग २ लाख ३९ हजार मूल्यमा हन्टर ३५० लन्च गरेको छ । यसको बुकिङ सुरु भइसकेको छ भने १० अगस्तदेखि डेलिभरी शुरु हुनेछ । सो बाइकको ५ विशेषताहरु जसले यसलाई निकै शक्तिशाली बाइक बनाउँछ ।

नयाँ रोयल इन्फिल्ड हन्टर ३५० एक रोडस्टर हो, जसको लुक निकै आकर्षक छ । सो बाइकमा गोलाकार हेडल्याम्प, फोर्क कभर गार्टर, मेट्रोका लागि दस–स्पोक अलोय ह्विल र रेट्रो भेरिएन्टका लागि वायर्ड–स्पोक ह्विल, सिंगल पिस सिट, एलईडी टेलल्याम्प र स्टबी एक्जस्ट उपलब्ध छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर–आयल कुल्ड फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको ।छ, जसले ६१०० आरपीएममा २०.२ बीएचपी पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ र यसले ३६.२ किमी प्रति लिटरको माइलेज दिन्छ ।

बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा सिंगल वा ड्युअल च्यानल एबीएस भएको डिस्क÷ड्रम समावेश छ । यसमा १७ इन्चको पाङ्ग्रा जडान गरिएको छ । हन्टर ३५० मा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर र अप्सनल ट्रिपर नेभिगेसन पोड छ ।

हन्टर ३५० रेबेल ब्ल्याक, रिबेल रेड, रिबेल ब्लू, ड्यापर ऐश, ड्यापर ह्वाइट, ड्यापर ग्रे, फ्याक्ट्री सिल्भर र फ्याक्ट्री ब्ल्याक पेन्ट स्किम गरी ८ रङमा उपलब्ध छ ।

नयाँ रोयल इन्फिल्ड हन्टर ३५० रेट्रो र मेट्रो गरी २ भेरिएन्टमा प्रस्तुत गरिएको छ । हन्टर ३५० ले टीभीएस रोनिन, होन्डा सीबी३५०आरएस, जावा फोर्टि टु र येज्दी रोस्टरसँग प्रतिस्पर्धा गर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...