आईएमई इलेक्ट्रिक बन्यो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर
काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई...
विराटनगर – नेपालमै उत्पादित लुब्र्रिकेन्ट ‘सुरक्षा लुब्रिकेन्ट’ को डिलर मिट सम्पन्न भएको छ । मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा सम्पन्न सो डिलर मिटमा देशभरका डिलरहरुको सहभागिता रहेको थियो ।
पूर्वाञ्चल ल्युव आयल प्रालिका प्रबन्ध निर्देशक भोलेश्वर दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न सो डिलर मिटको विशेष अतिथि नाडाका पूर्व अध्यक्ष एवं पूर्वाञ्चल ल्युव आयलका निर्देशक कृष्णप्रसाद दुलाल थिए ।
सुरक्षा लुब्रिकेन्ट प्रालिका प्रबन्ध निर्देशक जयराज भण्डारीको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को उत्कृष्ट डिलरको रुपमा धादिङको गल्छीस्थित न्यु आरबी मेसिनरी बिक्री केन्द्रका प्रोपाइटर रवी पौडेलले ‘‘बेस्ट पर्फमेन्स अफ द इयर’ अवार्ड प्राप्त गरे । त्यसैगरी सुरक्षा लुब्रिकेन्टका मार्केटिङ म्यानेजर उज्वल भण्डारी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भए ।

सविना बुढाथोकीद्वारा संचालित सो कार्यक्रममा सुरक्षा लुब्रिकेन्ट प्रालिका कार्यकारी निर्देशक फुर्पा लामा तामाङले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । आगामी दिनमा सुरक्षा लुब्रिकेन्टलाई कसरी अझै ग्राहकसम्म पु¥याउने र यसको गुणस्तरीयता वारेमा जानकारी प्रदान गर्ने भन्ने वारेमा सो अवसरमा छलफल गरिएको मार्केटिङ म्यानेजर अनोज भण्डारीले बताए ।
पूर्वाञ्चल ल्युब आयलद्वारा नेपालमै उत्पादित सुरक्षा लुब्रिकेन्टले सबै रेन्जका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । विशेष गरी हेभी तथा कमर्सियल भेइकल र टु ह्विलर लुब्रिकेन्ट बजारमा सुरक्षा लुब्रिकेन्टको उपस्थिति बढ्दै गएको कम्पनीको भनाइ छ ।
काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई...
नेपाली बजारमा रहेका विभिन्न लुब्रिकेन्ट ब्रान्डको भीडमा दुई ब्रान्ड...
काठमाडौं – यूएईको प्रतिष्ठित लुब्रिकेन्ट कम्पनी एडनकको नेपालका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...