होन्डा विग विंगमा थपियो सिवी ३०० एफ स्ट्रिटफाइटर, प्रतिवन्ध हटेपछि नेपाल आउने

होन्डाले अस्ति भारतमा नयाँ मोटरसाइकल सिवी ३०० एफ लन्च गरेको छ । होन्डा विग विंग अन्तर्गत पर्ने मो मोटरसाइकल हाइनेस सिवी ३५० र सिवी ३५० आरएस पछि आएको तेस्रो मोडल हो । जसको मूल्य भारतीय बजारमा २ लाख २६ हजार भारु निर्धारण गरिएको छ ।

स्ट्रिट न्याकेड स्टाइलको यो वाइकमा कम्पनीले होन्डाको ब्रान्ड न्यू इन्जिन र नयाँ डायमन्ड च्यासिस उपल्ब्ध गराएको छ । यो नयाँ वाइकले यसअघिको सिवी ३०० आरलाई विस्थापित गर्ने कम्पनीको भनाई छ । ३०० सिसी क्षमताको इन्जिन जडान गरिएको यसको अधिकतम पावर २४.५ एचपी र टर्क २५.६ एनएम रहेको छ । ६ स्पिड ट्रान्समिनस जडान गरियको यो नयाँ वाइकमा सिंगल ओभरहेड कामसाफ्टको साथै स्लिप एण्ड एसिस्ट क्लच दिइएको छ ।

यो नयाँ वाइकमा होन्डाले डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प, डअल च्यान एविएस, स्मार्टफोन कनेक्टिभिटी, होन्डा सेलेक्टेवल टर्क कन्ट्रोल र आकर्षको एलोई ह्विल जस्ता फिचर्स दिएको छ । अगाडी राइडरको आवश्यकता अनुसार तलमाथी गर्न मिल्ने फर्क र पछाडी ५ तवरबाट एडजस्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन जडान गरिएको यो बाइक एकदमै आरमदायी रहेको छ ।

यो नयाँ वाइकले विएमडब्लू जी ३१० आर र केटिएम ३९० ड्युकसंग प्रतिस्पर्धा गर्ने देखिएको छ । होन्डाले यसअघि भारतीय बजारमा लन्च गरेको हाइनेस सिवी ३५० र सिवी ३५० आरएस मोडलस समेत नेपाल भित्रिसकेका कारण यो नयाँ मोडल समेत नेपाल आउने पक्कापक्कि जस्तै देखिन्छ । जसका लागि हाल लागु गरिएको आयतमाथीको प्रतिवन्ध नहटुन्जेल कुर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो विश्वको पहिलो एयरब्याग जडित बाइक

होन्डाले ल्यायो विश्वको पहिलो एयरब्याग जडित बाइक

होन्डाले कारमा जस्तै एयरब्यागको सुविधा भएको बाइक ल्याएको छ । सो बाइकको नाम...

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...