अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने, विदाका दिन पनि ट्रायल लिइने

काठमाडौं – सवारी साधनका लागि आवश्यक सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश सरकारले नै छाप्ने भएको छ । यसअघि स्मार्ट लाइसेन्स केन्द्रबाट छापिन्थ्यो ।

अब विभिन्न प्रदेशबाटै यस्ता स्मार्ट लाइसेन्स छपाइका लागि तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघीय सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ गर्ने निर्णय गरेको छ । अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ ।

यस अनुसार सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बिनीमा दुई र प्रदेश १ र मधेस प्रदेशलगायत प्रदेशमा एक÷एक स्थानमा स्मार्ट लाइसेन्स छपाइ तयारी गरिएको हो ।

संघ तथा सातै प्रदेशका मन्त्री ट्रायल पास भएकै दिन ‘परीक्षणकालीन लाइसेन्स’ जारी गर्न पनि सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्स रिडिङ’ गर्ने यन्त्र प्रत्येक ट्राफिक प्रहरीका हातमा उपलब्ध गराउने र जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्थापनमा पनि जुटेको छ ।

यता, लाइसेन्सका लागि चाप बढेपछि बाग्मती प्रदेशअन्तर्गतका यातायात व्यवस्था कार्यालयले सार्वजनिक बिदाका दिन पनि ‘ट्रायल परीक्षा’ सुरु गर्ने भएका छन् ।

बाग्मती प्रदेशअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले परिपत्र गर्दै आवेदक संख्या बढी भएका कार्यालयमा कार्यालय समयअघि बिहान र सार्वजनिक बिदाका दिन पनि ट्रायल गराउन निर्देशन दिएको हो ।

यसैगरी अंकभारका आधारमा परीक्षा लिइने र ७० अंक पाउनेलाई लाइसेन्स दिने तयारी समेत भएको पहिले नै सार्वजनिक भइसकेको छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम...

शीघ्र प्रिन्ट चाहने यी सेवाग्राहीले पाउने छन् ३ दिनमै स्मार्ट ड्राइभिङ लाइसेन्स

शीघ्र प्रिन्ट चाहने यी सेवाग्राहीले पाउने छन् ३ दिनमै स्मार्ट ड्राइभिङ लाइसेन्स

काठमाडौं – यातायात व्यवस्था विभागले शीघ्र प्रिन्ट चाहने विभिन्न...

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...