स्पोर्टी लुक र हाइटेक फिचर सहित आयो वागनआर फेसलिफ्ट मारुती सुजुकीको नयाँ मोडल

२०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित जापानमा लन्च गरिएको छ । सो मोडल नेपाल वा भारतको मोडल भन्दा फरक छ ।

सुजुकीले जापानमा वागन आरको ३ भेरिएन्ट वागन आर, वागन आर कस्टम जेड र वागन आर स्टिंग्रे लन्च गरेको छ । स्ट्यान्डर्ड वागन आरमा स्ट्यान्डर्ड हलोजन हेडल्याम्प उपलब्ध छ ।

जापानमा २०२३ सुजुकी वागन आर फेसलिफ्ट १२ लाख १७ हजार ७०० येन देखि १५ लाख ९ हजार २०० येन, वागनआर स्टिंग्रे १६ लाख ८८ हजार ५०० येन देखि १८ लाख ११ हजार ७०० येन र कस्टम जेड मोडल १४ लाख ७४ हजार येन देखि १७ लाख ५६ हजार ७०० येनसम्म उपलब्ध छ ।

नयाँ २०२३ मारुती सुजुकी वागन आरमा बक्सी डिजाइन दिइएको छ । यसको ग्रिल र टेलगेटमा पनि परिवर्तन गरिएको छ । स्टिंग्रे भेरिएन्टको लुक आक्रामक देखिएको छ भने कस्टम जेड वागन आर र वागन आर सिम्पल देखिन्छ । सो ३ वटै भेरिएन्टको रियर र साइड प्रोफाइल लगभग समान छ ।

नयाँ मोडलको इन्टेरियर पुरानो मोडलको जस्तै छ । इन्फोटेनमेन्ट स्क्रिन पनि मारुती सुजुकीका नयाँ कार बलेनो र ब्रेजामा जस्तै ९ इन्चको छ । सेफ्टीको लागि भने स्टिंग्रेमा एचयूडी, एडीएएस र ३६० डिग्री पार्किङ फिचर समावेश गरिएको छ ।

जापानमा लन्च गरिएको वागन आरमा ६६० सीसीको मोटर समावेश गरिएको छ, जुन पेट्रोल र माइल्ड हाइब्रिड कन्फिगरेसन दुवैमा उपलब्ध छ । यस इन्जिनको टर्बो भर्सन स्टिंग्रे र कस्टम जेडमा उपलब्ध छ । ट्रान्समिसनको लागि ५ स्पिड एमटी र सीभीटी समावेश छ । सीभीटी गियरबक्सको साथमा माइल्ड हाइब्रिड पावरट्रेनले २५.२ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ ।

मारुती सुजुकी वागन आर २०२३ अर्को वर्षको अन्त्यमा भारतमा लन्च हुने अपेक्षा गरिएको छ । भारतमा लन्च हुने मोडलमा भने केही परिवर्तन हुने अनुमान गरिएको छ । साथै यसको फिचर पनि परिवर्तन गरिने छ ।

सम्बन्धित समाचारहरू

अपडेट भर्सन सहित पावरफुल इन्जिन भएको अल्टो आउँदै

अपडेट भर्सन सहित पावरफुल इन्जिन भएको अल्टो आउँदै

मारुती सुजुकीले यस पटक पनि बिक्रीमा आफ्नो छाप छोडेको छ, त्यसैले कम्पनीले...

१९ हजार सस्तोमा जिक्सर १५५ को २०२३ मोडल

१९ हजार सस्तोमा जिक्सर १५५ को २०२३ मोडल

काठमाडौं– जिक्सर १५५ को २०२३ मोडल नेपाल आएको छ । हालसालै आएको सो नयाँ...

सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाल आउने : खुल्यो बुकिङ, साउन ८ गते मूल्य सार्वजनिक हुने

सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाल आउने : खुल्यो बुकिङ, साउन ८ गते मूल्य सार्वजनिक हुने

काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...