नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
रोयल इन्फिल्ड हन्टर लन्च हुनु भन्दा पहिले यसको विस्तृत विवरण सार्वजनिक भएको छ । कम्पनीले आगामी अगस्ट ७ मा सो बाइक सार्वजनिक गर्दैछ । यो भन्दा पहिले कम्पनीका म्यानेजिङ डाइरेक्टर सिद्धार्थ लालले यसको तस्बिर सार्वजनिक भएको छ । यसमा धेरै क्लासिक डिजाइन एलिमेन्ट्स दिइएको छ । यो बाइक गोलाकार हेडलाइट, टर्न इन्डिकेटर, टेललाइट र आरभीएमका साथ उपलब्ध हुनेछ ।
यो बाइक क्रुजरको तुलनामा अझै रोडस्टर छ । त्यसैगरी टियरड्रप जस्तै फ्युल ट्यांकी दिइएको छ, जसले गर्दा राइडरलाई आफ्नो घुडाले ग्रिप कायम गर्न सहज हुन्छ । यो बाइक ट्रिपर नेभिगेसन पडका साथ आउने छ ।
भिडियोमा हन्टर ३५० ड्युअल टोन ह्वाइट र स्काई ब्लु कलरमा देखिएको छ । सिद्धार्थ लालले सो बाइकको वारेमा विस्तृत विवरण नदिए पनि रिपोर्ट अनुसार सो बाइक रेट्रो, मेट्रो र मेट्रो रिवेल गरी तीन ट्रिम्समा उपलब्ध हुनेछ ।
यसको बेस भेरिएन्टमा ट्युब टाइप टायरका साथ स्पोक ह्विल, सिंगल च्यानल एबीएस, रियर ड्रम ब्रेक र ह्यालोजन टर्न इन्डिकेटर हुनेछ । हाइयर भेरिएन्टमा भने एलईडी टर्न इन्डिकेटर, अलोय ह्विल र ड्युअल च्यानल एबीएस उपलब्ध हुनेछ । भिडियोमा देखिएको बाइक टप मोडल मध्ये एक हुन सक्ने बताइएको छ ।
मेटियर र क्लासिकमा प्रयोग गरिएको जे सिरिजको ३४९ सिसीको इन्जिन जडान हुने यसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथ ५–स्पिड गियरबक्स दिइएको छ ।
यो बाइकको मूल्य १ लाख ५० हजार भारुसम्म पर्न सक्ने अनुमान लगाइएको छ । भारतीय बजारमा लन्च भएपछि लगत्तै यो नयाँ मोडल नेपाल भित्रिन सक्ने देखिन्छ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
काठमाडौं लिजेन्ड्सले आयोजना गरेको ‘राइड टु रारा लेक’ भव्यतापूर्वक...
काठमाडौं – विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डको उत्पादन अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...