थप फिचरले भरिपूर्ण फर्चुनरको अपडेटेड नयाँ मोडल लन्च

टोयोटा मोटरले फेसलिफ्ट एसयूभी फर्चुनरको नयाँ लिडर भेरिएन्ट लन्च गरेको छ । सो एसयूभीमा हालको मोडलको तुलनामा धेरै अपडेट र अतिरिक्त फिचर थप गरिएको छ । अपडेट गरिएको एक्सटेरियर डिजाइन, क्याबिन र नयाँ सेफ्टी फिचरले सो एसयूभीलाई अन्य भेरिएन्ट भन्दा बढी प्रिमियम बनाएको छ । नयाँ भेरिएन्ट हालै थाइल्याण्डमा लन्च गरिएको छ ।

नयाँ टोयोटा फर्चुनरको एक्सटेरियरमा नयाँ फ्रन्ट र रियर बम्पर, ब्ल्याक रियर डोर ट्रिम, ब्ल्याक साइड स्टेप्स, नयाँ १८ इन्च अलोय ह्विल समावेश गरिएको छ । साथै यसमा एलईडी हेडलाइट युनिट फलो–मी–होम, अटोमेटिक हाई–लो बीम एड्जस्टमेन्ट फिचरको साथै अटोमेटिक अन–अफ कन्ट्रोल पनि प्रदान गरिएको छ ।

सो एसयूभीको क्याबिनमा अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम र पीएम २.५ एयर कन्डिसनिङ फिल्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश गरिएको छ, जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो, टोयोटा कनेक्ट कनेक्टिभिटी सिस्टम, प्याडल शिफ्टरलाई सपोर्ट गर्छ ।

टोयोटा फर्चुनरमा ब्लाइन्ड स्पट मोनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट र ६ पोजिसन पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्रेक असिस्ट र हिल स्टार्ट असिस्ट जस्ता फिचर समावेश छ । फर्चुनर एसयूभी ६ रङमा उपलब्ध छ ।

नयाँ टोयोटा फर्चुनरमा २.४ लिटर ४ सिलिन्डर डिजेल इन्जिन समावेश छ, जसले ३४०० आरपीएममा १५० हर्सपावर र १६०० – २००० आरपीएममा ४०० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ । सो एसयूभी टु ह्विल र फोर ह्विल दुवै विकल्पमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको नयाँ हाइलक्सले पायो ५ स्टार रेटिङ

टोयोटाको नयाँ हाइलक्सले पायो ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्याप(एएनक्याप) द्वारा सञ्चालन गरिएको क्र्यास टेष्टमा...

नाइमा नेपाल मोबिलिटी एक्सपाेमार्फत लाइफटाइम फ्रि पिकअप एन्ड ड्रप सर्भिस दिदै टाेयाेटा

नाइमा नेपाल मोबिलिटी एक्सपाेमार्फत लाइफटाइम फ्रि पिकअप एन्ड ड्रप सर्भिस दिदै टाेयाेटा

काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ को लागि नेपालमा टोयोटाको...

ल्यान्डक्रुजर गाडी पाउने लोभमा झुक्किदै नेपाली, लबिम मलको नक्कली फेसबुक पेजमा यस्तो आतंक

ल्यान्डक्रुजर गाडी पाउने लोभमा झुक्किदै नेपाली, लबिम मलको नक्कली फेसबुक पेजमा यस्तो आतंक

काठमाडौँ – ललितपुरको लबिम मलको नाममा खोलिएको नक्कली फेसबुक एकाउन्टबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...