होन्डाले ल्यायो स्पोर्टी डिजाइन र थप माइलेज भएको नयाँ डियो स्कुटर

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले डियो स्कुटरको नयाँ भर्सन लन्च गरेको छ । डियो स्कुटरको सीमित मोडल मात्र लन्च गरिएको हो । यसको स्पोर्ट्स भेरिएन्टको मूल्य ६८ हजार ३ सय १७ र डिलक्स भेरिएन्टको एक्स–शोरुम मूल्य ७३ हजार ३ सय १७ भारु छ । होन्डा डियो २ रङमा उपलब्ध छ ।

सो स्कुटरको स्पेशल एडिसन होन्डाको डिलरशिप र अनलाइनबाट पनि बुकिङ गर्न सकिन्छ । स्कुटरमा स्पोर्टिङ ग्राफिक्स र स्पोर्ट रेड रियर सस्पेन्सन दिइएको छ । यद्यपि, सिल्हुट र स्कुटरको अन्य मेकानिकल बिट्स स्ट्यान्डर्ड मोडेल जस्तै छ । डिलक्स भेरिएन्टमा स्पोर्टी अलोय ह्विल पनि उपलब्ध छ ।

होन्डा डियो स्कुटरमा पावरका लागि ११० सीसीको पीजीएम–एफआई इन्जिन प्रयोग गरिएको छ । यो एन्हान्स्ड स्मार्ट पावर (ईएचपी) का साथ उपलब्ध छ ।

स्कुटरमा टेलिस्कोपिक सस्पेन्सन, इन्टिग्रेटेड ड्युअल फंक्शन स्विच, एक्सटर्नल फ्युल लिड, पासिङ स्विच र इन्जिन कट–अफको साथ साइड स्ट्यान्ड इन्डिकेटर रहेको छ । डियोमा राम्रो माइलेजको लागि होन्डाको कम्बी–ब्रेक सिस्टम इक्वेलाइजर र थ्री स्टेप एड्जस्टेबल रियर सस्पेन्सनका साथै थ्री स्टेप इको इन्डिकेटर पनि समावेश गरिएको छ ।

होन्डा मोटरसाइकल एण्ड स्कुटर इण्डियाका प्रबन्ध निर्देशक, अध्यक्ष र सीईओ अत्सुशी ओगाटाले डियो स्कुटरको स्थापनादेखि राम्रो प्रतिक्रिया पाइरहेको र नयाँ डियोको नयाँ कलरले युवावर्गलाई आकर्षित गर्ने बताए । यसको सिमित भर्सनले यसको स्पोर्टी भाइब र ट्रेन्डी लुकले ग्राहकलाई अझ आकर्षण गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

९ हजार रुपैयाँ सम्म बढ्यो होन्डा मोटरसाइकल र स्कुटरको मूल्य

९ हजार रुपैयाँ सम्म बढ्यो होन्डा मोटरसाइकल र स्कुटरको मूल्य

काठमाडौं – नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्य बढेको छ । होन्डाको...

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...