मार्केट क्यापको आधारमा भारतको सबैभन्दा ठूलो कार निर्माता बन्यो टाटा मोटर्स
टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता...
टाटा मोटर्सले टियागो एनआरजी नयाँ भेरिएन्टको टिजर सार्वजनिक गरेको छ । नयाँ भेरिएन्ट एक्सटी भेरिएन्ट हुने अपेक्षा गरिएको छ । हाल बजारमा टियागो एनआरजीको टप स्पेक एक्सजेड मात्र उपलब्ध छ । टियागो एनआरजीको आगामी एक्सटी भेरिएन्ट टप–स्पेक भेरिएन्ट भन्दा धेरै किफायती र सस्तो पनि हुनेछ । सो एसयूभी आगामी हप्ता लन्च गर्ने अपेक्षा गरिएको छ ।
टियागोको एनआरजी भर्सनमा केही परिवर्तन गरिएको छ । यसमा थप बडी क्ल्याडिङ तथा रफ एन्ड टफ स्ट्यान्स दिइएको छ । यसको लम्बाई हालको मोडल भन्दा ३७ एमएम लामो छ । यसको फ्रन्ट र रियरमा अतिरिक्त बडी क्ल्याडिङ दिइएको छ ।
टाटा मोटर्सले पुरानो टियागो मोडलको तुलनामा एनआरजीको ग्राउन्ड क्लियरेन्स पनि बढाएको छ । अहिले यसको ग्राउण्ड क्लियरेन्स १८१ एमएम छ भने टियागोको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ । टियागो एनआरजी एक्सटीको बारेमा थप जानकारी अझै खुलाइएको छैन ।
सो एसयूभीमा टियागो एक्सटीको जस्तै स्पेसिफिकेसन्स हुने अपेक्षा गरिएको छ । यद्यपि नयाँ भेरिएन्टमा बडी क्ल्याडिङ र ग्राउन्ड क्लियरेन्सका साथै टियागो एनआरजीमा रूफ रेल पनि समावेश गर्नेछ ।
नयाँ भेरिएन्टमा हालको मोडलमा जस्तै १.२ लिटर, नेचुरली एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन समावेश गर्नेछ, जसले अधिकतम ८४ बीएचपी पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । यो ५ स्पिड म्यानुअल गियरबक्स वा ६ स्पिड एएमटीको साथ उपलब्ध छ । यसमा एएमटी गियरबक्स समावेश गर्ने वा नगर्ने कुनै जानकारी दिइएको छैन ।
भारतमा टियागो एनआरजीको मूल्य ६ लाख ८२ हजार एक्स शोरूम मूल्यबाट सुरु हुन्छ । एक्सटी भेरिएन्टको मूल्य यो भन्दा कम हुने अनुमान गरिएको छ ।
टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता...
काठमाडौं–टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार यूनिट...
टाटा मोटर्सले आफ्नो पर्फमेन्स ब्रान्ड रेसर अन्तर्गत थप नयाँ मोडल विकास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...