मिकु सुपर : क्रुज कन्ट्रोल सहितको इलेक्ट्रिक बाइक (मूल्य र फिचर सहित)

नेपाली बजारमा केही समय पहिले भित्रिएका मिकु ब्रान्डका इलेक्ट्रिक बाइक फरक पहिचानका कारण धेरैका लागि आकर्षक लाग्न सक्छन् ।

नेपाली बजारमा उपलब्ध दुई मोडल मध्ये ‘मिकु सुपर’ इलेक्ट्रिक बाइकमा स्टिल फ्रेम सहितको फ्लोटिङ सी आकारको बडी छ । सो बाइकले १५० किलोग्राम सम्म लोड धान्न सक्छ ।

यसको अघिल्लो भागमा मिकु ब्रान्डिङ सहितको चम्किलो सर्कुलर एलईडी लाइट छ । त्यसैगरी यसमा एलईडी टेललाइट छ भने कलरफुल डिजिटल इन्स्ट्रयुमेन्ट रहेको छ ।

मिकु सुपरमा ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ भने ७२ भोल्ट २० एएच क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध मिकु सुपरले एक पटकको फुलचार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने दावी गरिएको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्न ४ देखि ५ घन्टासम्म लाग्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घन्टा रहेको छ ।

यो बाइकको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ भने ८.५ सेकेन्डमा सो स्पिड कायम गर्न सक्छ । बाइकमा क्रुज कन्ट्रोल सहित तीन स्पिड मोड रहेका छन् ।

यो मोटरसाइकलको मूल्य ३ लाख ९६ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा क्यालिबर अटोले मिकुका इलेक्ट्रिक बाइक बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

जब राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा जिप -याङगलर कुदाए…

जब राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा जिप -याङगलर कुदाए…

सामान्यतया ह्वाइट हाउसको साउथ लनमा जिप -याङगलर कुदेको दृश्य देखिँदैन । अझ...

भारतमा यी ब्रान्डले ल्याउँदै आधा दर्जन नयाँ इलेक्ट्रिक स्कुटर

भारतमा यी ब्रान्डले ल्याउँदै आधा दर्जन नयाँ इलेक्ट्रिक स्कुटर

भारतमा हाल इलेक्ट्रिक सवारी साधनप्रतिको रुचि तीव्र रूपमा बढ्दै गएको छ ।...

१० लाखमा ईभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

१० लाखमा ईभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

काठमाडौं – नेपालको विश्वासिलो ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...