१६ दिनपछि लन्च हुँदै नयाँ अल्टो, नेपालमा आयत प्रतिवन्ध हटेपछि आउने

मारुती सुजुकीले नयाँ अल्टोलाई १६ दिनपछि अर्थात यसै महिनाको १८ तारिखमा लन्च गर्ने भएको छ । केही वर्ष अघिसम्म भारतमा सर्बाधिक बिक्री हुने कारका रुपमा परिचित यो इन्ट्रि लेवल ह्याचव्याक पहिलेको तुलनामा केही ठूलो साइजमा आउन लागेको हो । यो कारलाई अहिले कम्पनीले भारतका विभिन्न सडकमा परिक्षण गरिरहको छ ।

भारतमा लन्च भएपछि यो कार नेपाली बजारमा समेत आउनेछ । हाल कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कारको आयतमा प्रतिवन्ध लागेको कारण यसको नेपाल यात्रा भने केही समय ढिलो हुने देखिन्छ । भदौ १५ सम्म प्रतिवन्ध रहेका कारण सो समयपछि आयत सुचारु हुने हो भने पनि यो कार दशैं अगाडी नेपाल आउन सक्ने संभावना देखिएको छैन ।

भारतमा भने नजिकिँदै गरेको फेस्टिवल सिजनलाई लक्षित गरी लन्च गर्न लागिएको छ । कम्पनीका अनुसार यो कार बजारमा आएको २ दशकभित्र ४० लाख बढी यूनिट बिक्री भैसकेको छ । नेपालमा भने यो कार ट्याक्सीका रुपमा वढी प्रयोग भैरहेको छ ।

यस्तो छ यो नयाँ कार
मारुतीको यो नयाँ मोडल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ । सुजुकीले आफ्नो मोड्युलर हार्टेक्ट प्लेटफर्ममा सो कार निर्माण गर्ने सम्भावना छ । नेक्स्ट जेनेरेसन मोडल अल्टोमा नयाँ डिजाइन र बडी शेल हुनेछ भने कारको ह्याचब्याक लुकलाई कायम राखिनेछ । यसको डिजाइन सेलेरियो जस्तै हुने सम्भावना छ ।

नयाँ अल्टोको स्टाइल शार्प गरिएको छ, जसमा हेडल्याम्प माथितिर ढल्किएको छ र फग ल्याम्प आकर्षक बनाइएको छ । नयाँ अल्टो हालको मोडलको तुलनामा अलि लामो हुन सक्छ र ढोका पनि अलि ठूलो हुन सक्छ । यद्यपि, टायरको साइज सबै भेरिएन्टका लागि समान रहने अपेक्षा गरिएको छ । टेलगेटको डिजाइन सीधा हुन सक्छ र टेलल्याम्प शेड सेलेरियोको जस्तै हुन सक्छ ।

यो नयाँ कारमा नयाँ के१०सी १.० लिटर ड्युअलजेट पेट्रोल इन्जिन जडान गरिनेछ । सो इन्जिनले ६७ एचपी पावर र ८९ एनएम टर्क जेनेरेट गर्छ । मारुती सुजुकीले नयाँ अल्टो २ इन्जिनको विकल्मा लन्च गर्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

मारुती सुजुकीले नयाँ डिजायर सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालै...

सुजुकी इर्टिगा र बलेनोमा अब ६ वटा एयरब्याग अनिवार्य, मूल्य १.४ प्रतिशतसम्मले वृद्धि

सुजुकी इर्टिगा र बलेनोमा अब ६ वटा एयरब्याग अनिवार्य, मूल्य १.४ प्रतिशतसम्मले वृद्धि

मारुती सुजुकीले आफ्नो लोकप्रिय कार ईर्टिगा र बलेनोको सबै भेरिएन्टमा ६ वटा...

सुजुकी विन्टर अफर : मोटरसाइकल वा स्कुटर किन्दा १० हजार छुट

सुजुकी विन्टर अफर : मोटरसाइकल वा स्कुटर किन्दा १० हजार छुट

काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...