काठमाडौँ महानगरपालिकाले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्ने
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद...
काठमाडौं – नेपाली बजारमा लन्च भए पश्चात चिनियाँ इलेक्ट्रिक कार नेटा भी १०० युनिट भन्दा बढी बुकिङ भएको छ । नेपालका लागि नेटा भी इलेक्ट्रिक कारको आधिकारिक वितरक सीजी मोटोकर्पले छोटो समयमै सो माइलस्टोन हासिल गरेको हो ।
गत जेठ महिनाको अन्त्यमा नेपाली बजारमा औपचारिक रुपमा लन्च गरिएको नेटा भी चाइनिज कम्पनी होजोन मोटर्सले उत्पादन गरेको हो ।
होजोन अटोले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो । होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरुमा टप ब्रान्डमा पर्दछ । होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज हो ।
सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा नेटा भी कार ल्याएको हो । यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको भनाइ छ ।
नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।
नेपाली बजारमा उपलब्ध नेटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ । यी सबै गरी ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको सुविधा प्राप्त गर्छन् । सीजी मोटर्सको सो कार ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा बुकिङ गर्न सकिन्छ ।
कम्पनीले नन–मुभिङ एक्सटेरियर पार्ट्समा १० वर्ष वा २ लाख किलोमिटर गुड्दा सम्म र ब्याट्री तथा मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध गराउने बताएको छ ।
सरकारले चालु आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमार्फत अन्य बढी क्षमताका इलेक्ट्रिक सवारी साधनको कर बढाए पनि १०० किलोवाट सम्म क्षमतामा संचालित कारको मूल्य बढाएको छैन । यसको प्रत्यक्ष फाइदा सीजी मोटर्सको नेटा भीले पाएको छ ।
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन मात्र खरिद...
काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...
पोखरा – पोखरास्थित ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक ईलाइट मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...