रोयल इन्फिल्ड हिमालयन ४५० मा हुनेछन् यी नयाँ विशेषता
रोयल इन्फिल्डले छिट्टै लन्च गर्ने तयारी थालेको हिमालयन ४५० अहिले अफरोड...
नेपाली बजारमा हाल २५० सीसी वा सो भन्दा बढी क्षमताका मोटरसाइकल आयात गर्न पाइदैन । सरकारले गत बैशाख पहिलो साता देखि नै यस प्रकारको प्रतिबन्ध लगाएको हो । यद्यपि असार मसान्त यता भने १५० सीसी माथिका मोटरसाइकल समेत आयात गर्न नपाइने व्यवस्था छ ।
पहिलो चरणमा सवै प्रकारका कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कार र २५० सीसी माथिका मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लगाएको सरकारले २ दिनअघि फेरि आयातमा कडाई गर्दै प्रतिवन्धलाई भदौ १४ गतेसम्मका लागि लम्ब्याएको छ । यस पटकको प्रतिबन्धमा निम्न मध्यम आय स्तर भएका सर्वसाधारणले प्रयोग गर्ने १५० सीसी माथिका मोटरसाइकलमा समेत प्रतिबन्ध थोपरिएको छ ।
विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको र यसले देशको अर्थतन्त्रमा गम्भीर धक्का दिने महसुस गर्दै गत वैशाख १३ गतेदेखि १० भिन्न विलासी सामानको आयातमा प्रतिबन्ध लगाउँदै आएको बताएको छ ।
यद्यपि पहिले नै एलसी खोलेका कारण केही संख्यामा मोटरसाइकल भित्रिए पनि कारोबार रकम भने पहिलेको तुलनामा घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार असार महिनामा ६ करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरका मोटरसाइकल भित्रिए । यो भन्दा पहिले जेठमा ८ करोड भन्दा बढी रकमका मोटरसाइकल भित्रिएका थिए ।
नेपाली बजारमा सबैभन्दा बढी मोटरसाइकल चाडपर्व र नयाँ वर्षलाई लक्ष्यित गरी भित्रिने गरेका छन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी यो सेगमेन्टका मोटरसाइकल असोज महिनामा भित्रिएका थिए । असोज महिनामा २५ करोड ४८ लाख रुपैयाँ भन्दा बढीका मोटरसाइकल भित्रिएका थिए । त्यसैगरी दोस्रो नम्बरमा कात्तिक महिनामा २१ करोड ५० लाख रुपैयाँ भन्दा बढी यो सेगमेन्टका मोटरसाइकल भित्रिएका थिए ।
हाल यो प्रतिबन्धका कारण धेरै मोटरसाइकल कम्पनीका आयातकर्ताहरु समस्यामा परेका छन् । यो सेगमेन्टका मोटरसाइकल मात्र आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, जावा र बीएमडब्लुसहित केटीएम, बेनेली, होन्डा, सिएफ मोटो, टीभीएस, बजाज, यामाहा लगायत अन्य केही ब्रान्डका मोटरसाइकल आयात समेत प्रभावित बनेको छ ।
यो सेगमेन्टका मोटरसाइकल रुचाउने युवा र अन्य राइडरहरु समेत नेपाली बजारमा धेरै छन् । विशेष गरी एड्भेन्चर, टुरिङ र स्पोर्ट सेगमेन्टमा रहेका यस्ता मोटरसाइकल लामो वा छोटो दुवै दुरीको यात्राका लागि उपयुक्त मानिन्छन् । त्यसैगरी आरामदायिता र विशेष प्रकारका फिचर हुने भएकाले पनि यस्ता मोटरसाइकल रुचाउने गरेको पाइन्छ ।
रोयल इन्फिल्डले छिट्टै लन्च गर्ने तयारी थालेको हिमालयन ४५० अहिले अफरोड...
जनकपुर – रोयल इनफिल्ड प्रेमीहरूको लागि एउटा विशेष उत्सवको रूपमा, हालै...
टीभीएस मोटर कम्पनीले भारतमा अपडेटेड अपाचे आरआर ३१० लन्च गरेको छ। सो बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...