किया सेल्टोसको सवै भेरियन्टमा अव ६ वटा एयर व्याग, मूल्य ३० हजार भारुसम्मले बृद्धि

कोरियाली अटो निर्माता किया मोटर्सले सेल्टोस एसयूभीलाई अपडेट गरी सवै भेरियन्टमा ६ वटा एयर व्याग अनिबार्य गको छ । यससंगै सेल्टोस यहि सेग्मेन्टका एसयूभीमा ६ एयर व्याग अनिवार्य गरिएको पहिलो मोडल बनेको छ । यसअघि क्यारेन्सको सवै भेरियन्टमा कम्पनीले ६ वटा एयर व्याग अनिबार्य गरेको थियो ।

वेस भेरियन्टमा समेत ६ एयरव्याग राखिएपछि यो लोकप्रिय एसयूभीको मूल्य ३० हजार भारुसम्मले बृद्धि भएको छ । यसअघि सेल्टोसको उच्च भेरियन्ट एचटिएक्स प्लस, जिटिएक्स(ओ), टिटिएक्स प्लस र एक्स–लाइन ट्रिममा मात्र यो सेफ्टि फिचर्स उपलब्ध गराइएको थियो । यसै वर्षको अक्टोवर १ देखी सवै प्यासेन्जर कारमा ६ वटा एयर व्याग अनिबार्य लागु गर्ने सरकारी निर्णयलाई कार्यन्वयन गर्न कियाले सेल्टोसको सवै भेरियन्टमा एयर व्याग थप गरेको हो ।

६ वटा एयर व्याग जडान भएसंगै यसको सेफ्टी टेष्ट स्कोरमा समेत सुधार आउने अपेक्षा राखिएको छ । यसअघि सन् २०२० मा २ वटा एयर व्याग राखिएको एचटिई ट्रिमलाई टेष्ट गर्दा यो एसयूभीले ३ स्टार रेटिङ प्राप्त गरेको थियो । जुन ६ वटा एयर व्याग भएपछि सुधार हुने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचारहरू

किया सेल्टोस, सोनेट र क्यारेन्समा अव ७ वर्षको विस्तारित वारेन्टी

किया सेल्टोस, सोनेट र क्यारेन्समा अव ७ वर्षको विस्तारित वारेन्टी

कियाले भारितय बजारमा अब सेल्टोस, सोनेट, साइरोस र क्यारेन्स मोडलमा ७ वर्षको...

अब किया सेल्टोस एक्स लाइन आउने, टिजर सार्वजनिक

अब किया सेल्टोस एक्स लाइन आउने, टिजर सार्वजनिक

दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले भारतमा सोशल मिडियामार्फत नयाँ...

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

औपचारिक लन्च पहिले नै कियाको नयाँ इलेक्ट्रिक कार ईभी५ प्रदर्शन

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...