तीन आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाए पहिलेको सबै कर तथा जरिवाना छुट हुने
काठमाडौं – बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर...
काठमाडौं – तपाईको मोटरसाइकल वा स्कुटर बागमती प्रदेशमा दर्ता भएको छ र लामो समय सम्म कर तिर्ने वा नवीकरण गर्ने गर्नुभएको छैन भने प्रदेश सरकारले छुटको व्यवस्था गरेको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको बजेटमा ‘विगतमा सवारी धनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एवं अन्य दुई पांग्रे सवारी साधनको सवारी साधन कर सम्वत २०७९ फागुन मसान्त सम्म दाखिला गरेमा जरिवाना छुट हुने व्यवस्था मिलाएको छु ।’ भनेका थिए ।
गत वर्षको बजेट वक्तव्यमा पनि आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका सवारीधनीलाई बागमती प्रदेश सरकारले जरिवानामा छुटको व्यवस्था गरेको थियो । यो वर्ष त्यसैलाई निरन्तरता दिदै थप अवधि सम्मका लागि छुटको व्यवस्था गरेको हो ।
प्रदेश सरकारले प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारी साधनको आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारीधनीले यो वर्षको फागुन मसान्तसम्म सवारी साधन करमा जरिवाना छुट गरेको हो ।
यस अनुसार आर्थिक वर्ष २०७४/०७५ भन्दा पहिले र २०६५/०६६ यता दर्ता वा नवीकरण नगरेका दुई पांग्रे सवारी साधनलाई विशेष छुटको व्यवस्था हुनेछ ।
तपाई पनि यो छुटको सदुपयोग गर्न सक्नु हुन्छ । यसका लागि सम्बन्धित सवारी धनी आवश्यक कागजात लिएर आफै सवारी साधन सहित यातायात कार्यालयमा उपस्थित हुनु पर्नेछ ।
(स्मार्ट सर्भिस इनको सहकार्यमा तयार गरिएको ।)
काठमाडौं – बागमती प्रदेश सरकारले पछिल्लो तीन आर्थिक वर्षको सवारी साधन कर...
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...
काठमाडौं – यातायात व्यवस्था विभागले संक्रमणको विशेष अवस्थामा सवारी चालक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...