निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा, बेलुका ७ बजेमात्र छाडिने
काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ ।...
सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि समेत अनिवार्य जस्तै बनेको छ । कोभिड–१९ को लहर चल्नु भन्दा पहिले केही सवारी धनीले मात्र मुखमा लगाउने मास्क अब भने सबैले प्रयोग गर्न थालेका छन् ।
पछिल्लो समयमा फेरि कोभिड संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा मास्कको अनिवार्यता फेरि पेचिलो बन्दै गएको छ । अब हिडडुल गर्दा सामान्य मानिसले समेत कोभिड संक्रमण मात्र होइन, धुलो र धुवाँबाट बच्नका लागि समेत मास्क अनिवार्य रुपमा लगाउने गरेका छन् ।
नेपाली बजारमा विभिन्न ब्रान्डका मास्क उपलब्ध छन् । नेपाली बजारमा लोकप्रिय रहेको बज्र ग्रुप अन्तर्गतको बज्र हेल्थ एण्ड केयर उद्योगले लामो समय देखि बज्र मास्क बिक्री–वितरण गर्दै आइरहेको छ । बज्र मास्कमा ब्याक्टेरिया फिल्ट्रेसन ९९.९५ प्रतिशत रहेको छ जसको कारण मास्क लगाउदा शरीर भित्र कुनै पनि ब्याक्टेरिया प्रवेश गर्न पाउदैन । बज्र मास्क उच्च स्तरीय अमेरिकन स्ट्याण्डर्ड मेशिनबाट उत्पादन गरिएको प्रोडक्ट हो र विभिन्न कलरमा बज्र मास्क सजिलै उपलब्ध भइरहेको कम्पनीको भनाइ छ ।
यो अन्तर्राष्ट्रिय कम्पनीबाट सीई सर्टिफाइड मास्क हो भने यसले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ : २०१५ प्राप्त गरेको छ । उच्च स्तरीय मास्क भएकाले कुनै पनि ब्याक्टेरियाबाट सजिलै बच्न सकिने बताइएको छ ।
यो ३७ प्रतिशत एक्सटर्नल वाटरप्रुफ मास्क हो । बज्र हेल्थ एन्ड उद्योगका असिष्टेन्ट जनरल म्यानेजर एनके शरदका अनुसार गुणस्तरीयताकै कारण दैनिक रुपमा २ लाख भन्दा बढी युनिट र ३० देखि ४५ कार्टुन मास्क बिक्री हुने गरेको छ ।
मास्क प्रयोग गर्दा स्तरीय मास्क प्रयोग गर्नु आवश्यक हुन्छ । बजारमा पाइने सामान्य मास्क लगाउदा मास्कको फिताले कान दुख्ने, घाउ हुने हुन्छ भने यस्ता गुणस्तरीय मास्कको प्रयोग गर्दा कुनै समस्या हुँदैन ।
कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनमा बस्नु सबैभन्दा प्रभावकारी ठानिएका बेला मास्कको प्रयोगमा पनि विज्ञहरूले जोड दिएका छन्। तर त्यसको सही प्रयोग र सही छनोट महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ। घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्याउने जनस्वास्थ्यविद्हरूको मत छ।
गाडीमै डुलाउनेदेखि साइकल, मोटरसाइकल तथा अन्य तरीकाले यस्ता सामग्री बेच्दै गरेका प्रशस्तै हुन्छन् । सडक पेटीमा टेबुल राखेर सामान फिजेका पनि भेटिन्छन् । त्यसै बसालेका पनि हुन्छन् । मास्क ह्यांगरमा टंगाएका हुन्छन् । यसरी मास्क र सेनिटाइजरको व्यापार बढेको छ । प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ । सावधानी भने निकै घटेको छ । सेनीटाइजर मास्कलगायत औषधिजन्य सामग्री आजभोलि मेडिकलका ढोका–ढोकामा पुग्ने गरेको छ । यो अवस्थामा मास्कको गुणस्तरीयतामा पनि ध्यान दिनु आवश्यक छ ।
काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ ।...
काठमाडौँ – उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा...
गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...