बतास समुहमाथी गरिएको व्यवहारप्रति गम्भिर ध्यानाकर्षण रहेको नाडाको भनाई

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले बतास समुहको चरित्र हत्या भएको भन्दै यस्ता अमर्यादित व्यवहारप्रति संस्थाको ध्यानाकर्षण भएको बताएको छ । नाडा अध्यक्ष धुब्र बहादुर थापाले आज प्रेस बिज्ञप्ती जारी गर्दै नेपालको अटोमोवाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।

नेपालको अर्थतन्त्रमा अटोमोवाइल क्षेत्रको योगदान २५ प्रतिशत भन्दा बढी रहेको र नेपालको रोजगारीमा पनि अटोमोवाइल क्षेत्रले १७ लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दे आएको उल्लेख गर्दै उनले भनेका छन, ‘अटोमोवाइल क्षेत्रले वार्षिक झण्डै ४० हजारको संख्यामा देशमा रोजगारी उपलब्ध गराउदै आएको छ । सरकारले आब्हान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो ।

स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।’

प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने बिषयमा आफूहरुको आपत्ती नरहेपनि पनि आरोपको सत्यतथ्यको खोजि गरी प्रमाणित नै नभई समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न नसकिने बिज्ञप्तीमा उल्लेख गरिएको छ । ।

सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत प्रभाबित बन्ने नाडाले ठहर गरेको छ ।

सम्बन्धित समाचारहरू

उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, राति ८ बजे पछि सवारी चल्न पाउने

उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, राति ८ बजे पछि सवारी चल्न पाउने

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको...

सवारी साधन सञ्चालनमा थप खुकुलो, मर्मत गर्ने वर्कसप बेलुकी ९ बजे सम्म सञ्चालन हुने

सवारी साधन सञ्चालनमा थप खुकुलो, मर्मत गर्ने वर्कसप बेलुकी ९ बजे सम्म सञ्चालन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ...

आइतबार देखि सवारी साधन सञ्चालन र अन्यमा थप कडाइ, यस्ता छन् सीसीएमसीका १४ निर्णय

आइतबार देखि सवारी साधन सञ्चालन र अन्यमा थप कडाइ, यस्ता छन् सीसीएमसीका १४ निर्णय

काठमाडौं – भोलि आइतबार देखि सवारी साधन सञ्चालन र कार्यालय सञ्चालनमा थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...