काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा : यस्तो छ व्यवस्था
काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा थप भएको छ ।...
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले बतास समुहको चरित्र हत्या भएको भन्दै यस्ता अमर्यादित व्यवहारप्रति संस्थाको ध्यानाकर्षण भएको बताएको छ । नाडा अध्यक्ष धुब्र बहादुर थापाले आज प्रेस बिज्ञप्ती जारी गर्दै नेपालको अटोमोवाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।
नेपालको अर्थतन्त्रमा अटोमोवाइल क्षेत्रको योगदान २५ प्रतिशत भन्दा बढी रहेको र नेपालको रोजगारीमा पनि अटोमोवाइल क्षेत्रले १७ लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दे आएको उल्लेख गर्दै उनले भनेका छन, ‘अटोमोवाइल क्षेत्रले वार्षिक झण्डै ४० हजारको संख्यामा देशमा रोजगारी उपलब्ध गराउदै आएको छ । सरकारले आब्हान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो ।
स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।’
प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने बिषयमा आफूहरुको आपत्ती नरहेपनि पनि आरोपको सत्यतथ्यको खोजि गरी प्रमाणित नै नभई समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न नसकिने बिज्ञप्तीमा उल्लेख गरिएको छ । ।
सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत प्रभाबित बन्ने नाडाले ठहर गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा थप भएको छ ।...
आज धनतेरस । यो दिन कुनै पनि लोह वा सुन, चाँदी धातुका सामान किन्ने चलन पुरानै...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...