आज धनतेरस : सोरुममा गाडी र मोटरसाइकल लिने बढ्दै

आज धनतेरस । यो दिन कुनै पनि लोह वा सुन, चाँदी धातुका सामान किन्ने चलन पुरानै हो । छर पछिल्लो समय यो दिनलाई सवारी साधन किन्ने दिनको रुपमा समेत मान्ने चलन बढ्दै गएको छ । यही अनुसार सवारी साधन बिक्रेताहरुले पनि तयारी गरेको पाइन्छ ।

तिहारको छेको पारेर मनाइने यो पर्व विशेष महत्वको रहेको छ । व्यवसायीहरुका लागि पनि यो दिन विशेष महत्वको हुन्छ ।

यही दिनलाई लक्ष्य गरेर व्यवसायीहरूले सामान मौज्दातसमेत राख्ने गरेका हुन्छन् । यो दिन पसल सजाएर आकर्षक बनाइन्छ । कतै सयपत्री फूलले त कतै झिलिमिली विद्युतीय बत्ती राखेर तिहार आएको झल्को दिलाइन्छ । दसैं तिहारको अवसरमा सार्वजनिक गरिएको स्किमका साथ ग्राहकलाई सवारी साधन उपलब्ध गराउने र सजाएर राखिएको सोरुमलाई झनै आकर्षक बनाउने गरिन्छ ।

त्यसैगरी पहिले नै बुकिङ गरेका गाडी यो दिन डेलिभरी लिने समेत गरिन्छ । नयाँ ग्राहकले यो दिन नगदमै गाडी खरिद गर्ने प्रचलन समेत बढ्दो छ । यद्यपि अन्य भन्दा मोटरसाइकल र स्कुटर नै बढी किन्ने गरिन्छ ।

नेपाली बजारमा पनि विशेष गरी तराईतिर यो प्रचलन बढ्दै गएको छ । दसैंको फूलपाती, धनतेरस र तिहारको लक्ष्मी पूजाको दिन विशेष गरी सवारी साधन बढी बिक्री हुने दिन मानिन्छ ।

यद्यपि यो वर्ष भने ग्राहकले आफूले खोजेको सवारी साधन पाउन सकेका छैनन् । विश्वव्यापी रुपमा भएको सेमी कन्डक्टरको अभाव र कोभिड–१९ को प्रकोपका कारण नेपाली बजारमा भने जति मोडल र संख्यामा सवारी साधन भित्रिन पाएनन् । यसको प्रत्यक्ष असर नेपाली ग्राहकलाई परेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...