के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आइरहेको अटो शो यसपटक पनि स्थगित भएको छ । कोरोना महामारीका कारण अघिल्ला २ वर्षमा समेत आयोजना हुन नसकेको शो यसपटक भने केही सवारीसाधनको आयात माथि प्रतिबन्ध लागेका कारण हुन नसकेको हो । भदौ ७ देखि शो आयोजना गर्ने भन्दै नाडाले स्टल वुक समेत गराइसकेको अवस्थामा साउन १ देखि फेरि भदौ १४ गतेसम्मका लागि प्रतिबन्ध थप गरिएका कारण अन्तिम समयमा आएर यसपटकको शो स्थगित गरिएको थियो ।

तोकिएकै समयमा अटो शो हुन नसक्ने भएपछि नाडामाथि इलेक्ट्रिक भेइकलको छुट्टै शो आयोजना गर्न दवाव सिर्जना भएको छ । बजारमा अहिले इलेक्ट्रिक भेइकलको माग उत्सहप्रद रहेको र यी साधनको आयात समेत सुचारु भैरहेका कारण उक्त समयमा ईभी शो आयोजना गर्नु उपयुक्त हुने कतिपय व्यवसायीले आफ्नो राय व्यक्त गरेका छन् ।

‘नेपालको अटो बजार अहिले ईभीमा केन्द्रित हुँदै गएका कारण ईभीको छुट्टै शो आयोजना गर्नु फलदायी हुने देखिन्छ । झन् भदौ ७ देखि आयोजना गर्ने भनिएको शोकै अवसर पारेर यसलाई आयोजना गरिँदा वृहत अटो शोकै सन्देश जाने र यसले नाडाको पहललाई समेत उचो बनाउने देखिन्छ’ एकजना व्यवसायीले नेपाल अटोसँग भने ।

बजारमा अहिले एक दर्जन बढी ब्रान्डका फोर ह्विलर र दुई दर्जन बढी ब्रान्डका टु ह्विलर ईभी आयात भैरहेका छन् । यी सवै ब्रान्डलाई समेटेर तोकिएकै समयमा ईभी शो आयोजना हुँदा राम्रो सन्देश जाने देखिए पनि बजारमा अधिकांश ईभी अभावकै अवस्थामा रहेका कारण यस्तो शोको प्रभावकारिता पुष्टि हुने नदेखिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए ।

उनले भने, ‘नाडा अटो शो आयोजना स्थगित भैसकेपछि सोही मितिमा ईभी शो आयोजना गर्न सकिन्छ कि भन्ने विषयमा हामीले छलफल अघि बढाएका थियौ । तर बजारमा यस्ता गाडीको आपूर्ति सहज भैनसकेको र अकोतर्फ बजेटमार्फत करको दर हेरफेर गरिएको विषयमा मन्त्रिपरिषदको वैठकले समेत पुनर्विचार गर्ने भनेपछि केही व्यवसायीले हतार नगर्न सुझाव दिए । जसका कारण पनि तोकिएकै समयमा छुट्टै ईभी शो आयोजना हुने सम्भावना समेत लगभग टरेको छ ।’

यसपटक तोकिएकै समयमा कुनै पनि प्रकारको शो आयोजना हुन नसकेपनि उपयुक्त समय आएपछि ईभीको समेत छट्टै शो आयोजना गर्ने तयारीमा आफूहरु रहेको अध्यक्ष थापाले बताए ।

नेपालमा इलेक्ट्रिक सवारी साधन सम्बन्धी विभिन्न व्यवसायीहरुका समेत विभिन्न संस्था क्रियाशील छन् । समय समयमा उनीहरुले विभिन्न स्थलमा आफ्नै तरिकाले प्रदर्शनी गरेको पनि पाइन्छ । तर नाडाकै पहलमा प्रदर्शनी गरियो भने एउटा नयाँ प्रकारको सन्देश भने जान सक्थ्यो । यद्यपि हाल आवश्यक मात्रामा सवारी साधन उपलब्ध हुन नसकेकाले पनि यसको सम्भावना भने कम हुँदै गएको छ ।

विद्युतीय सवारी साधनलाई सरकारले विभिन्न प्रकारको छुट उपलब्ध गराउदै आएको छ । यद्यपि हालको बजेटमा माथिल्लो क्षमताका सवारी साधनमा कर बढाएकाले भने यसमा अन्यौलता थपेको छ । कतिपय कम्पनीहरुले आयात गर्ने भनिएका सवारी साधन पनि आउन सकेका छैनन् ।

कतिपय कम्पनीका उत्पादन बैंकिङ प्रणालीमा हुने समस्याका कारण ग्राहक सम्म पुग्न सकेका छैनन् भने कतिपय ग्राहकहरु सवारी साधन पाउनका लागि लामो समय कुर्नु परेको छ ।

सम्बन्धित समाचारहरू

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

नासाको नयाँ स्पेस टेक्नोलोजी : मात्र ५ मिनेटमा इलेक्ट्रिक कार चार्ज गर्न सकिने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भविष्यको अन्तरिक्ष अभियानका लागि नयाँ...

टिभिएसले आज आईक्यूवको लङ रेन्ज भेरियन्ट लन्च गर्ने

टिभिएसले आज आईक्यूवको लङ रेन्ज भेरियन्ट लन्च गर्ने

भारतीय टु ह्विलर निर्माता टिभिएस मोटर्सले आज आफ्नो इलेक्ट्रिक स्कुटर...

एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा दुई अवार्डद्वारा सम्मानित भयो बीवाईडी नेपाल

एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा दुई अवार्डद्वारा सम्मानित भयो बीवाईडी नेपाल

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...