बीवाईडीका दुई इलेक्ट्रिक गाडीको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य

काठमाडौं – विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएको, तर बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको बताएको छ ।

विशेषतः नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाइ छ ।

साइमेक्स इंकले भनेको छ, ‘त्यसैले अहिलेको अफ्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भएपनि हामीले बीवाईडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेका छौं । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएका छौं ।’

मूल्य वृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘हामीले सन् २०२१ मा नेपालमा बीवाईडी ई६ सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौं, निरन्तर त्यसमै बिक्री गरिरहेका थियौं । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनु परेको हो ।’

सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउने छन् ।

ई६ र एम३
बीवाईडी ई६ को नयाँ जेनेरेशन मोडल ग्राहकले निकै मन पराएको कम्पनीको भनाइ छ । बीवाईडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो । कम्पनीले बिक्री गर्दै आएको एम३ मोडलमा पनि सो ब्याट्री छ ।

ब्लेड ब्याट्री सुरक्षाको हिसावले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ । ई६ मा ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने छन् ।

पूर्णत इलेक्ट्रिक प्लेटफर्ममा तयार भएको ई६ आधुनिक सुरक्षा फिचर लोडेड कार हो भने यसमा ग्राहकले प्रसस्त स्पेश पाउन सक्छन् ।

एम३ ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि ७ किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउने छन् ।

सम्बन्धित समाचारहरू

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

काठमाडौं – नेपालका लागि प्रोटोन गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्स...

अब अर्को इलेक्ट्रिक बाइक नेपाली बजारमा

अब अर्को इलेक्ट्रिक बाइक नेपाली बजारमा

भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध भएका छन् । गत...

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...