स्कुल्स टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न, यी भए विजेता

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कुल्स कार्यक्रम अन्तर्गत स्कुल्स टु ट्रयाक कार्टिङ कम्पिटिसन शनिबार सम्पन्न भएको छ ।

हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसनमा कोर्निभा महर्जन विजयी भएकी छिन् । बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले २४ दशमलब २३ सेकेन्डमा ल्याप पुरा गरिन् । दोश्रो स्थान हासिल गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेश्रो भइन् । विजयी तिनै जना न्याथमको तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए ।

प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ कलेज, कसमस कलेज र न्याथमका ३५ जना विद्यार्थी छात्रा प्रतिस्पर्धीको उत्साहजनक सहभागिता रहेको फर्मुला वान इन स्कुल्स नेपालका कोर्डिनेटर सुयोग खनालले बताएका छन् ।

प्रतियोगिताको सुरुवातमा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपाने, विमेन इन्टरनेसनल मोटरसाइक्लिङ एसोसिएसन नेपाल च्याप्टर (विमा नेपाल) की अध्यक्ष सुनिता देशार र अटोमोबाइल इन्जिनियर सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्ट्स, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरेका थिए ।

सम्बन्धित समाचारहरू

नासा नेपालको कार्यक्रम एक्सप्लोर द ट्रयाक सम्पन्न

नासा नेपालको कार्यक्रम एक्सप्लोर द ट्रयाक सम्पन्न

नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरिय ज्ञान, सीप र प्रविधि...

नासा नेपालको डेढ दशक : टोल देखि वर्ल्ड सम्म

नासा नेपालको डेढ दशक : टोल देखि वर्ल्ड सम्म

नासा नेपाल : एक परिदृष्यनेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) राष्ट्रिय खेलकुद...

काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना हुँदै, १०० बढी राइडर सहभागी हुने

काठमाडौँ–नमोबुद्ध टुरिङ -याली आयोजना हुँदै, १०० बढी राइडर सहभागी हुने

काठमाडौं– विश्व पर्यटन दिवसको अवसरमा नासा(नेपाल अटोमोबाईल्स एसोसिएसन)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...