यामाहा बाइक वा स्कुटर किन्ने ४ जनाले थाइल्याण्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा मोटोजिपी हेर्न पाउने

काठमाडौँ — नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा हुन गइरहेको मोटोजिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ । असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टु मोटोजिपी’ नामक स्किम अन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरू मध्येबाट लक्की ड्रमार्फत १ जना र बाइक÷स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो ।

‘रोड टु मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभब प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याएइएको स्किम रहेको कम्पनीले जनाएको छ । ती चारजना भाग्यशाली विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि कम्पनीले नै व्यहोर्ने कम्पनीले उल्लेख गरेको छ ।

असार ९ गते जेनेसिस क्याफेमा कम्पनीले आफ्नो स्पोर्ट बाइक आरवान १५ एमको लञ्चसँगै ‘रोड टु मोटो जिपी’ नाम दिई उक्त स्किम सार्वजनिक गरेको थियो जसअन्तर्गत कम्पनीको आधिकारिक शोरूमा आई फारम भर्नेका लागि सो स्किम लागू गरिने व्यवस्था कम्पनीले गरेको थियो ।

यस बर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४-१७ सम्म हुनेछ र स्किममा सहभागी हुन साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

लक्की ड्रमार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भने भाद्रमा राखिएको कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरू

मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५

मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको बीएस६ इन्जिनयुक्त यामाहा एमटी–१५...

चलाइरहेको समयमा किन बाइकको हेडलाइट बलेको देखिन्छ ? यसले माइलेजमा कति प्रभाव पार्छ ?

चलाइरहेको समयमा किन बाइकको हेडलाइट बलेको देखिन्छ ? यसले माइलेजमा कति प्रभाव पार्छ ?

आजकाल नयाँ बाइक वा स्कुटर स्टार्ट हुने बित्तिकै हेडलाइट बल्छ । यसलाई बन्द...

नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने

नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने

सन् २०२५ मा यामाहाले आफ्ना दुई बाइक यामाहा वाईजेडएफ-आर२ र एमटी-०३ लन्च गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...