लामो र नयाँ डिजाइन सहितको नयाँ अल्टो अर्को महिना लन्च हुने

मारुती सुजुकीले अल्टोको नेक्स्ट जेनेरेसन मोडल अगस्टको दोस्रो हप्ता लन्च गर्ने तयारी गरिरहेको छ । नेक्स्ट–जेनेरेसन मोडेल परीक्षणको समयमा धेरै पटक देखिएको थियो ।

सुजुकीको सो नयाँ मोडल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ । सुजुकीले आफ्नो मोड्युलर हार्टेक्ट प्लेटफर्ममा सो कार निर्माण गर्ने सम्भावना छ । नेक्स्ट जेनेरेसन मोडल अल्टोमा नयाँ नयाँ डिजाइन र बडी शेल हुनेछ भने कारको ह्याचब्याक लुकलाई कायम राखिनेछ । यसको डिजाइन सेलेरियो जस्तै हुने सम्भावना छ ।

नयाँ अल्टोको स्टाइल शार्प गरिएको छ, जसमा हेडल्याम्प माथितिर ढल्किएको छ र फगल्याम्प आकर्षक बनाइएको छ । नयाँ अल्टो हालको मोडलको तुलनामा अलि लामो हुन सक्छ र ढोका पनि अलि ठूलो हुन सक्छ । यद्यपि, टायरको साइज सबै भेरिएन्टका लागि समान रहने अपेक्षा गरिएको छ । टेलगेटको डिजाइन सीधा हुन सक्छ र टेलल्याम्प शेड सेलेरियोको जस्तै हुन सक्छ ।

नेक्स्ट जेनेरेसन अल्टोमा नयाँ के१०सी १.० लिटर ड्युअलजेट पेट्रोल इन्जिन जडान गरिनेछ । सो इन्जिनले ६७ एचपी पावर र ८९ एनएम टर्क जेनेरेट गर्छ । मारुती सुजुकीले नयाँ अल्टो २ इन्जिनको विकल्पमा लन्च गर्ने सम्भावना छ । नयाँ अल्टो सीएनजी भेरिएन्ट पनि लन्च हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

ई–भिटाराको ब्याट्रीमा सुजुकीले १० वर्षको वारेन्टी दिने

ई–भिटाराको ब्याट्रीमा सुजुकीले १० वर्षको वारेन्टी दिने

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री...

१० लाख नयाँ कार र व्याट्री उत्पादन गर्न मारुती सुजुकीको २ नयाँ प्लान्ट उद्घाटन

१० लाख नयाँ कार र व्याट्री उत्पादन गर्न मारुती सुजुकीको २ नयाँ प्लान्ट उद्घाटन

मारुती सुजुकीले भारतमा हिँजो नयाँ उत्पादन प्लान्टको उद्घाटन गरेको छ ।...

परीक्षण सकिँदा पनि सुजुकीको इलेक्ट्रिक कार वागन आर किन लन्च भएन ?

परीक्षण सकिँदा पनि सुजुकीको इलेक्ट्रिक कार वागन आर किन लन्च भएन ?

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...