स्याकार ट्रेडिङ कम्पनी टाटाग्रिन व्याट्रीको ओइएम वितरकमा नियुक्त

होन्डा मोटरसाइकल तथा स्कुटर र गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी व्याट्रीको कारोवारमा समेत प्रवेश गरेको छ । यो कम्पनीलाई भारतीय व्याट्री उत्पादक टाटा अटो कम्प जीवाई व्याट्रि प्रालिले नेपालका लागी ओइएम वितरकका रुपमा नियुक्त गरेको हो । यससंगै स्याकार ट्रेडिङले होन्डा मोटरसाइकल तथा स्कुटर, होन्डा कार र होन्डा पवार प्रोडक्टका लागी यो व्याट्रीको कारोवार देशभर गर्नेछ ।

हिजो आयोजित एक कार्यक्रममा वोल्दै टाटा ग्रिन व्याट्रीका सिइओ रवि गुप्ताले यो व्रान्डको टु ह्विलर व्याट्री भारतमा उत्पादन हुने अधिकांश टु ह्विलरमा ओइएम सप्लाई हुँदै आएको र जसको ठूलो हिस्सा होन्डा मोटरसाइकल तथा स्कुटरले ओगट्ने बताए । उनले भने, ‘भारतमा होन्डा सहित टिभिएस, यामाहा, जावा, सुजुकी र पियाजिओ ब्रान्डमा टाटा ग्रिन व्याट्री ओइएम सप्लाई हुँदै आइरहेको छ । नेपाली बजारमा समेत होन्डा मोटरसाइकल तथा स्कुटर सर्बाधिक विक्री हुने ब्रान्ड भएका कारण स्याकार ट्रेडिङसंगको सहकार्यले यहाँ बजार विस्तार गर्न थप वल पुग्नेछ ।’

कार्यक्रममा स्याकार ट्रेडिङ कम्पनीका चेयरम्यान सौरभ ज्योतीले आफू मातहत संचालन भैरहेका १५० भन्दा बढी डिलर नेटवर्कमार्फत यो व्याट्रीको कारोवार फैलाउने बताए । उनले भने, ‘व्याट्रीको विक्री संगै विक्री पछिको सेवामा समेत उचित ध्यान दिँदै नेपालमा यो ब्रान्डको बजार स्थापित गरिनेछ ।’

विगत लामो समयदेखी नेपालमा कारोबार हुँदै आइरहेको टाटा ग्रिन व्याट्रीलाई हाल लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प र केके इम्पेक्स प्रालिले समेत आयत गरी कारोवार गर्दै आइरहेको छ । जापनिज कम्पनी जिएस युआसासंगको सहकार्यमा उत्पादन हुँदै आइरहेको यो व्रान्डसंग टु ह्विलरदेखी फोर ह्विलर, कमर्सियल र इन्भर्टमा प्रयोग हुने विभिन्न रेन्जका व्याट्री उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कार रेडिएटर के हो ? यसले के काम गर्छ ?

कारमा यस्ता धेरै उपकरण जडान गरिएको हुन्छ जसले कारको परफर्मेन्समा...

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...

रुसले कार र अटो पार्ट्सको निर्यात लगायो प्रतिबन्ध : कस्तो होला प्रभाव

रुसले कार र अटो पार्ट्सको निर्यात लगायो प्रतिबन्ध : कस्तो होला प्रभाव

रुसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म अमेरिका र युरोपका देशले रुसमाथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...