टेस्लाको सस्ता कार आउने, वार्षिक ४० लाख युनिट उत्पादन गर्ने घोषणा
अमेरिकी ईभी निर्माता टेस्लाले वार्षिक ४० लाख सस्ता कार उत्पादन गर्ने...
जनकपुर – जनकपुरको विश्वकर्मा चोकमा एक कार्यक्रमका बीच पत्रकार सम्मेलन सहित लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम उद्घाटन गरिएको छ । मिस इन्टरनेसनल २०१७ को विजयी नीति शाह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह तथा बज्र ग्रुपका असिस्टेन्ट जनरल म्यानेजर एनके शरदले संयुक्त रुपमा शोरुम र प्रोडक्ट को उद्घाटन गरे ।
नेपालमा लेभ्निङको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स अन्तर्गत जनकपुरको विक्रेता इन्द्रेणी अटोमोबाइल घोषणा भएको छ । यससँगै नेपालभर लेभ्निङका २५ वटा आधिकारिक विक्रेता भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले पेट्रोलको भाउ दिन दिनै आकाश छुने गरी महँगो भएको बेला बिजुली बाइकले जनकपुरवासीलाई धेरै सहयोग पुग्ने बताए । उनले पेट्रोलबाट चल्ने साधन किन्दा लाग्ने वार्षिक ९५ हजार सर्भिसिङ र पेट्रोलको खर्च पनि बचत हुने र वातावरण प्रदूषण कम हुने भएकोले गर्दा बिजुली स्कुटर एकदम राम्रो मानिने र जनकपुरलाई इलेक्ट्रिक भेइकल सहर भनेर घोषणा गरेको बताए ।
सो अवसरमा नीति शाहले नेपालमा भएको इलेक्ट्रिक स्कुटर मध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्कसँग प्रयोग गर्न सकिने बताइन् । उनले भनिन्, ‘पेट्रोलको महंगीको बेला इलेक्ट्रिक कम खर्चिलो साथै नेपालको बिजुली नेपालमै प्रयोग हुने र पेट्रोल किन्नु नपर्ने हुदा नेपाली पैसा बाहिरको देशमा नजाने कुरा बताइन् ।

बज्र ग्रुपका असिस्टेन्ट जनरल म्यानेजर एनके शरदले नेपालमा इलेक्ट्रिक भेइकल अभियन्ताको रुपमा बज्र ग्रुपले कार्य थालेको र त्यसै अनुसार जनकपुरमा शोरुम शुुभारम्भ गरिएको बताए । उनले आगामी दिनमा जनकपुरको सबै अस्तव्यस्त अवस्थालाई इलेक्ट्रिक भेइकलले समाधान गर्ने बताए ।
कार्यक्रमका सभापति इन्द्रेणी अटोमोबाइलका संचालक रामनाथ साहले जनकपुर इलेक्ट्रिक सहर घोषणा भएको बताउदै लेभ्निङ ब्राण्ड किनेर सेवा गर्ने मौका दिन अनुरोध गरे ।
लामो समय देखि विश्व प्रसिद्ध ब्रान्ड बोसको टेक्नोलोजीबाट निर्मित, सामसुङ ब्रान्डको लिथियम आयोन ब्याट्री प्रयोग भएको लेभ्निङका इलेक्ट्रिक स्कुटर गुणस्तरीय भएको कम्पनीको भनाइ छ ।
हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
अमेरिकी ईभी निर्माता टेस्लाले वार्षिक ४० लाख सस्ता कार उत्पादन गर्ने...
चिनियाँ अटो निर्माता कम्पनी जिली होल्डिङ ग्रुपले सन् २०३० सम्म विश्वभर ६५...
मर्सिडिज वेन्जले भविष्यमा आधारित इभी कन्सेप्ट भिजन इक्यूएक्सएक्सलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...