नेपाल आउने प्रतिक्षमा दुई ‘वेवी’ एसयूभी, यस्तो छ मूल्य, पावर र फिचर्स

नेपाल र भारत दुवै बजारमा पछिल्लो समय साना एसयुभीको माग बढिरहेको छ । ह्याचव्याकको प्लेटफर्ममा निर्माण गरिने यस्ता गाडीको लुक्स एसयुभी प्रेरित देखिने कारण कतिपयले यसलाई वेवी एसयुभी समेत भन्ने गरेका छन् । माइक्रो एसयूभीका नामले समेत चिनिने यस्ता गाडीको माग बढ्न थालेपछि कतिपय ठूला उत्पादकहरुले समेत अहिले यो सेग्मेन्टमा जोड दिइरहेका छन् ।

यो सेग्मेन्टमा सुजुकीले सवैभन्दा पहिले इग्निसलाई बजारमा उतारेको थियो । पछि उसले एसप्रेसो र वागनआरलाई समेत एसयूभीको लुक्स दिएर बजारमा उतार्यो । यी तीनवटै गाडीले अहिले बजारमा राम्रो पकड कायम गरिरहेको छ ।

ह्याचव्याक भन्दा केही अग्लो र लुक्स समेत पृथक देखिने कारण निम्न मध्यम स्तरको आय भएका ग्राहकले यो सेग्मेन्टलाई सवैभन्दा वढिमात्रामा रुचाएका छन् । यो सेग्मेन्टको प्रभाव विस्तार हुँदै गएपछि ह्याचव्याकको बजार भने खोसिँदै गएको छ । जसका कारण पनि यो सेग्मेन्टलाई ह्याचव्याक किलरका रुपमा हेर्न थालिएको छ । ह्याचव्याकभन्दा पनि कम मूल्यमा धेरै फिचर्स उपलब्ध हुने कारण यस्ता गाडीको माग बढ्न थालेको हो ।

बजारमा यस्ता गाडीको माग बढ्दै गएको देखेपछि ९ महिनअघि टाटाले पन्चलाई उतारेको थियो । यो गाडीको माग अहिले भारतमा थेगिनसक्नु गरी बढिरहेको छ । भारतमै माग बढिरहेका कारण नेपाल पठाउन आनाकानी गरिरहेको टाटा मोटर्सले ढिलोचाँडो यसलाई नेपाल भने पठाउने नै छ ।

पन्चलाई टक्कर दिनेगरी फ्रेन्च अटो निर्माता सिट्रोनले हिँजोमात्र सि३ मोडललाई बजारमा उतारेको छ । ५ लाख ७१ हजार भारुमा लन्च गरिएको यो कारलाई अहिले युरोपियन ब्रान्डको सवैभन्दा सस्तो कारका रुपमा समेत हेर्न थालिएको छ । यो कार हाल विद्यामान सवारीसाधन माथीको प्रतिवन्ध हाटे लगत्तै नेपाल आउने आधिकारिक विक्रेता सांग्रिला मोटर्सले जनाएको छ ।

यस्तो छ यी २ एसयूभीको तुलना
एउटै सेग्मेन्टका यी दुई गाडीविच धेरै विषयमा समनाता रहेको देख्न सकिन्छ । जस्तो टाटा पन्चको लम्वाई ३२८७ एमएम, चौडाई १६१५ एमएम र उचाई १६१५ एमएम रहेकोमा सिट्रोन सि३ ३९८१ लामो, १७३३ चौडा र १५८६ एमएएम अग्लो रहेको छ । साइजमा सि३ पन्च भन्दा केही एमएममात्र ठूलो छ ।

यसैगरी सि३ को ह्विलवेस पन्चको तुलनामा ९५ एमएम लामो छ भने ग्राउन्ड क्लिरियन्स पन्चको ७ एमएम वढी छ । सिट्रोनले सि३ मा १८० एमएम ग्राउन्ड क्लिरियन्स दिएकोमा टाटाले पन्चमा १८७ एमएम ग्राउन्ड क्लिरियन्स दिएको छ ।
फिचर्सको मामलमा पनि यी २ एसयूभी लगभग उस्तउस्तै देखिन्छन् ।

यी दुवै एसयूभीमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डुअल फ्रन्ट सिट एयरव्याग र एप्पल कारप्ले एवं एन्ड्रोइड अटो दिइएको छ । सि३ मा भने पन्चमा नभएको वायरलेस चार्जिङ, अगाडी र पछाडी दुवै भागमा फास्ट चार्जिङ पोर्ट र वायरलेस कनेक्टिभिटी लगायत फिचर्स उपलब्ध छ । यसले यो गाडीलाई पन्चको तुलनामा थप केही प्रिमियम सावित गरेको छ ।

सि३ को क्याविन स्पेस पन्चको तुलनामा केही फराकिले भएको दावी गरिएको छ भने वुट स्पेसमा पन्च अगाडी देखिन्छ । सि३ मा ३१५ लिटरको वुट स्पेस दिइएको छ भने पन्चमा ३६६ लिटर छ ।

यी दुवै गाडीमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ । जसमध्ये पन्च नन् टर्वो इन्जिनमा मात्र उपलब्ध छ भने सि३ टर्वो अप्सनमा समेत उपलब्ध छ । पावर र टर्ककको कुरा गर्नुपर्दा पन्चले ८६ पिएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ भने सि३ ले ८२ पिएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । सि३ को टर्वो इन्जिनले भने ११० पिएस पावर र १९० एनएम टर्क जेनेरेट गर्ने दावी छ ।

टाटा पन्च ५ स्पिड म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध छ भने सि३ म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध छ । यसको नन् टर्वो इन्जिनमा ५ स्पिड र टर्वोमा ६ स्पिड ट्रान्समिसन दिइएको छ । यसैगरी पन्चको माइलेज १८.९ किलोमिटर र सि३ को १९.८ किलोमिटर दावी गरिएको छ ।

मूल्यको कुरा गर्नुपर्दा वेस र टप दुवै भेरियन्टमा टाटा पन्च केही महंगो पर्ने देखिएको छ । सि३ को वेस भेरियन्टको मूल्य ५ लाख ७१ हजार भारी तय हुँदा पन्चको यहि भेरियन्टको मूल्य ५ लाख ९३ हजार तोकिएको छ । वेस भेरियन्टमा पन्च सि३ भन्दा २२ हजार रुपैँयाले बढी महंगो देखिएको हो ।

पन्चको टप भेरियन्टको मूल्य ९ लाख ४९ हजार भारु तय गरिएको छ भने सि३ को सोही भेरिन्यटको जम्मा ८ लाख ५ हजार भारुमात्र निर्धारण गरिएको छ । यो भेरिन्यटमा टाटा मोर्टर्सले अटोमेटिकक ट्रान्समिसन दिएको कारण मूल्यको अन्तर धेरै देखिएको हो ।

यी दुई एसयूभी नेपाल आउँदा वेस भेरियन्टको मूल्य ३० लाख हाराहारीबाट शुरु हुने र टप भेरिन्यटमा भने पन्च ७ लाख रुपैयाँसम्मले महंगो पर्ने अनुमान गर्न सकिन्छ । टप भेरियन्टमा सि३ को मूल्य ४० लाख आसपास र पन्चको ४७ लाख आसपास पर्ने आँकलन गरिएको हो ।

सम्बन्धित समाचारहरू

पर्फमेन्स ब्रान्ड ‘रेसर’ अन्तर्गत थप मोडल ल्याउने तयारीमा टाटा

पर्फमेन्स ब्रान्ड ‘रेसर’ अन्तर्गत थप मोडल ल्याउने तयारीमा टाटा

टाटा मोटर्सले आफ्नो पर्फमेन्स ब्रान्ड रेसर अन्तर्गत थप नयाँ मोडल विकास...

टाटाले ल्याउने नयाँ अल्ट्रोज ह्याचब्याक तयार

टाटाले ल्याउने नयाँ अल्ट्रोज ह्याचब्याक तयार

टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक कार टाटा अल्ट्रोजको नयाँ मोडल...

लन्च हुनुभन्दा अगाडि नै लिक भयो टाटा अल्ट्रोज फेसलिफ्ट

लन्च हुनुभन्दा अगाडि नै लिक भयो टाटा अल्ट्रोज फेसलिफ्ट

टाटा मोटर्सले चाँडै नै भारतीय बजारमा आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...