भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर ब्याट्री उत्पादन गर्न साझेदारी गरेका छन् । सो साझेदारीले भारतमा ब्याट्रीको आयातमा पनि कमी आउने र ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुने अपेक्षा गरिएको छ ।

इजरायली कम्पनी फिनर्जीले आल्मुनियम एयर ब्याट्री विकास गरेको हो । सो ब्याट्री हल्का र उच्च ऊर्जा क्षमताको हुनेछ । सो ब्याट्रीले अन्य ब्याट्रीको तुलनामा बढी रेन्ज दिनेछ ।

आल्मुनियम एयर ब्याट्री छिटो चार्ज गर्न सकिन्छ र यसको लागि महँगो चार्जिङ नेटवर्कको आवश्यकता पर्दैन । आल्मुनियम एयर ब्याट्रीले ईभीलाई अझ सुविधाजनक बनाउने र शून्य उत्सर्जन गतिशीलतालाई गति दिने अपेक्षा गरिएको छ ।

ब्याट्रीमा रहेको आल्मुनियम हाइड्रोक्साइडलाई रिसाइकल गर्न सकिन्छ । हाल सो टेक्नोलोजीको परीक्षण भइरहेको छ ।

आल्मुनियम एयर ब्याट्री कारको लागि नयाँ टेक्नोलोजी हो । यसमा आल्मुनियमले इन्धनको रूपमा काम गर्छ, जसले इलेक्ट्रोलाइटको माध्यमबाट हावासँग प्रतिक्रिया गरेर विद्युतीय शक्ति उत्पन्न गर्छ । यसको ट्रिप रेन्ज पनि बढी छ ।

यसको ऊर्जा घनत्व लिथियम–आयोन ब्याट्री भन्दा धेरै अधिक छ । सो ब्याट्री धेरै हल्का छ भने आल्मुनियम लिथियम भन्दा सस्तो र प्रचुर मात्रामा पाइने धातु पनि हो ।

सम्बन्धित समाचारहरू

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

अनर एडिसनमा आउँदै बीवाईडी डल्फिन, सिंगल चार्जमा ५२० किमी रेन्ज दिने

बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ...

अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिच मनमुटाव : टेस्लाको व्यापारमा घाटा, महाभियोग लगाउनु पर्ने भनाइ

अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिच मनमुटाव : टेस्लाको व्यापारमा घाटा, महाभियोग लगाउनु पर्ने भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जीतसँगै केही महिना अगाडि मात्रै...

नाडा अटो शो २०२४ : सर्बाधिक ६२० किमी सम्म रेन्ज दिने ईभी स्काइवेलको स्टल

नाडा अटो शो २०२४ : सर्बाधिक ६२० किमी सम्म रेन्ज दिने ईभी स्काइवेलको स्टल

काठमाडौं – नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । उक्त अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...