बढ्यो यामाहा एमटी–१५ लगायत केही मोडलको मूल्य (सूची सहित)

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आज देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार यामाहा सलुटो र एमटी–१५ को मूल्य १२ हजार र एफजेड भी३ तथा रे जेडआर १२५ स्कुटरमा १० हजार रुपैयाँले मूल्य वृद्धि भएको छ ।

अब सलुटोको मूल्य २ लाख ४६ हजार ९ सय पुगेको छ भने एमटी–१५ को मूल्य ४ लाख ८३ हजार ९ सय पुगेको छ । त्यसैगरी एमटी–१५ बीएस६ को मूल्य ४ लाख ९३ हजार ९ सय पुगेको छ ।

एफजेड भी३ स्मार्ट कनेक्टको मूल्य ३ लाख ९४ हजार ९ सय र डार्क नाइटको मूल्य ३ लाख ९९ हजार ९ सय छ भने रे जेडआर १२५ स्कुटर ड्रमको मूल्य २ लाख ६१ हजार ९ सय र -यालीको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

यामाहा एफजेड एफआईको मूल्यमा ८ हजार रुपैयाँ बढेको छ भने रेजेड स्कुटरको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि भएको छ ।

अन्य मोटरसाइकल वा स्कुटरको मूल्य भने यथावत राखिएको छ ।

यामाहाका सबै मोडलको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान

काठमाडौं–यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र...

ट्रयाक्सन कन्ट्रोल सहित ५ नयाँ फिचर थप भएर आयो यामाहा एफजेड–एक्स

ट्रयाक्सन कन्ट्रोल सहित ५ नयाँ फिचर थप भएर आयो यामाहा एफजेड–एक्स

यामाहाले आफ्नो लोकप्रिय रेट्रो वाइक एफजेड–एक्समा ५ नयाँ फिचर थप गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...