तीन वर्षमा कियाले भारतमा उत्पादन गर्यो ६ लाख ३४ हजार कार, ५ लाख युनिट बिक्री

कियाले भारतमा सवारी साधन उत्पादन थालेको ३ वर्ष पुरा भएकोे छ । यो अवधीमा उसले ६ लाख ३४ हजार कार उत्पादन गरेको छ भने भारतमा मात्र ५ लाख युनिट बिक्री गर्न सफल भएको छ । उसले सन् २०१९ को अगष्टदेखी भारतमा उत्पादन थालेको थियो ।

सेल्टोस एसयुभीमार्फत भारतीय बजारमा यात्रा थालेको यो व्रान्डले हाल सोनेट र क्यारेन्सको समेत उत्पादन गरीरहेको छ । यी तीनवटै मोडल भारत लगायत अन्य राष्ट्रमा सफल भैरहेका छन् । नेपालमा भने सेल्टोस र सोनेटमात्र उपलब्ध छन् भने क्यारेन्सको माग भारतमै थेगिनसक्नु भएका कारण नेपाल आउन सकिरहेको छैन । यी दुई मोडलले नेपाली एसयूभी बजारमा राम्रो पकड बनाइरहेको छ ।

कियाको बिक्रीमा सेल्टोस एक्लैको योगदान ५९ प्रतिशत भन्दा बढी रहेको जनाइएको छ । यसैगरी सोनेटको ३२ प्रतिशत र ५ महिनाअघिमात्र लन्च गरिएको क्यारेन्सले ६.५ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीले बताएको छ ।

भारतमा यो ब्रान्डका २२५ सहरमा ४ सय हाराहारी शोरुम संचालनमा रहेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७० प्रतिशतले बिक्री वढ्ने आँकलन गरिएको छ । यो एसयुभीले हुन्डाई क्रेटा लगायत अन्य ब्रान्डका कम्प्याक्ट एसयूभीलाई कडा टक्कर दिइरहेको छ ।

नेपाली बजारमा पनि कियाका एसयूभी लोकप्रिय वनिरहेका छन् । यो सेग्मेन्टमा हुन्डाई क्रेटापछि दोस्रो सर्बाधिक बिक्री हुने मोडलका रुपमा स्थापित वनिरहेको सेल्टोसलाई एसयूभी पारखीले रुचाउन थालेका हुन् । यसैगरी सोनेटले पनि यो सेग्मेन्टमा लोकप्रियता हाँसिल गरिरहेको छ । नेपालमा यो ब्रान्डको १ दर्जन बढी स्थानमा सोरुम र बिक्री पछिको सेवा उपलब्ध गराउने नेटवर्क संचालन भैरहेको छ ।

सम्बन्धित समाचारहरू

पूर्ण रूपमा परिवर्तनसहित सार्वजनिक भयो नयाँ किया सेल्टोस, ३ वटा इन्जिन विकल्पमा उपलब्ध

पूर्ण रूपमा परिवर्तनसहित सार्वजनिक भयो नयाँ किया सेल्टोस, ३ वटा इन्जिन विकल्पमा उपलब्ध

अन्ततः कियाले नयाँ २०२३ एसयूभी सेल्टोस सार्वजनिक गरेको छ । यसको बुकिङ...

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा उतार्ने तयारीमा किया

कियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने योजना बनाएको छ ।...

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

शोरुममा उपलब्ध छैन होन्डा सिआरभी र किया कार्निभल, सेकेन्ड ह्यान्ड किन्नेलाई यस्तो छ बिकल्प

होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...