चन्द्रमा र मंगल ग्रहमा समेत जानेछ रेल : जापानको यस्तो योजना

जापानले चन्द्रमा र मंगल ग्रहमा पृथ्वीजस्तै बस्न मिल्ने वातावरण बनाउने भएको छ । जापानले पृथ्वी, चन्द्रमा र मंगल ग्रहलाई जोड्न अन्तर–ग्रहीय रेल पनि चलाउने योजना बनाएको छ । सो परियोजनाका लागि जापानको क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताले काजिमा कन्स्ट्रक्सन कम्पनीसँग सहकार्य गरेका छन् ।

टोलीले पृथ्वी जस्तै वातावरण र गुरुत्वाकर्षण बल प्रयोग हुने ग्लास निर्माण गर्ने योजनाको घोषणा गरेको छ । यसले अन्तरिक्षमा बस्न सजिलो बनाउनेछ । सो गिलास भित्र कृत्रिम गुरुत्वाकर्षण, यातायात सिस्टम, बिरुवा र पानी पनि उपलब्ध हुनेछ ।

यो संरचनालाई चन्द्रमामा ‘लुनाग्लास’ र मंगलमा ‘मार्सग्लास’ भनिनेछ । यस योजना अन्तर्गत प्रोटोटाइप गिलास र अन्तर–ग्रह ट्रेन बनाउन लगभग ३० वर्ष लाग्नेछ । यस गिलासको उचाइ करिब १३०० फिट र रेडियस ३२८ फिट हुनेछ । यो सुरु हुन लगभग १०० वर्ष लाग्नेछ ।

सो अन्तरग्रहीय यातायात सिस्टमलाई हेक्साट्रयाक भनिनेछ । यसले लामो दूरीको यात्रा गर्दा पृथ्वीको सतह जस्तै गुरुत्वाकर्षण सिर्जना गर्नेछ । रेलमा हेक्साक्याप्सुल भनिने हेक्सागोनल आकारको क्याप्सुल र बीचमा चल्ने यन्त्र पनि हुनेछ ।

जापानले पृथ्वीबाट चन्द्रमामा जान र अर्को पृथ्वीबाट मंगल ग्रहमा जानका लागि २ प्रकारका क्याप्सुल बनाउनेछ । चन्द्र क्याप्सुलको रेडियस १५ मिटर हुनेछ भने मंगल ग्रहमा जाने क्याप्सुलको रेडियस ३० मिटर हुनेछ ।

चन्द्रमामा रहेको स्टेशनले गेटवे उपग्रह प्रयोग गर्नेछ र यसलाई चन्द्र स्टेशनको रूपमा चिनिनेछ भने मंगल ग्रहमा रहेको रेलवे स्टेशनलाई मार्स स्टेशन भनिनेछ । यो मंगल ग्रहको उपग्रह फोबोसमा अवस्थित हुनेछ । मानव अन्तरिक्ष विज्ञान केन्द्रका अनुसार पृथ्वी स्टेशनलाई टेरा स्टेशन भनिनेछ ।

सम्बन्धित समाचारहरू

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

नेटवर्क बिस्तारमा आक्रमक बन्दै जिली, बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

काठमाडौं–चिनियाँ ईभी ब्रान्ड जिलीको नेपालका लागि आधिकारीक वितरक एलआरआर...

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

टाटाका शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न पाइने

काठमाडौँ – साउन ८ गते (सोमबार) देखि नेपालभरिका टाटा शोरूमहरूमा ‘मनसुन...

ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव

ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव

काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...