विश्वभर १०० युनिट मात्र उत्पादन हुने केटीएम स्पोर्ट बाइक ४ मिनेट ३२ सेकेन्डमै सोल्ड आउट
केटीएमले गत हप्ता अर्थात जुलाई २२ मा आरसी ८सी बाइकका लागि प्रि–अर्डर...
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयत प्रतिवन्धलाई थप कडाई गर्दै १५० सिसी माथीका मोटरसाइकल आयतमा समेत प्रतिवन्ध लगाएपछि केटिएम र क्रसफायर व्रान्डको सवै मोडलको आयत रोकिने भएको छ । उक्त प्रतिवन्धको असर स्वरुप नेपाली बजारमा कारोबार भैरहेका अन्य ब्रान्डका ३ दर्जन बढी मोडल समेत थप प्रभावित बन्ने भएका छन् ।
यसअघि वैशाख १३ गते भएको निर्णय अनुसार २५० सिसी माथीका मोटरसाइकलको आयतमा पूर्ण प्रतिवन्ध लगाइएको थियोे । उक्त निर्णले रोयल इन्फिल्ड, बिएमडब्लू र जावा ब्रान्डको सवै मोडलललाई असर गरेको थियो भने अन्य ब्रान्डका १ दर्जन बढी मोडल प्रभावित भएका थिए । नयाँ निर्णय भदौ १४ गतेसम्मका लागी लागु हुने जनाइएको छ ।
नयाँ निर्णयले केटिएम ब्रान्डको ड्यूक २००, ड्यूक २५०, आरसी २०० र एड्भेन्चर २५० को आयत रोकिने छ । यसअघिको निर्णयले ड्यूक ३९०, आरसी ३९०, एड्भेन्जर ३९० र ड्यूक ७९० को आयत रोकिएको थियो । प्रतिवन्ध लागु रहुन्जेलसम्म केटिएमको कुनै पनि मोडल आयत हुन पाउने छैनन् ।
अर्को डर्ट वाइक ब्रान्ड क्रसफायरको पनि सबै मोडल आयत हुने बाटो वन्द भएको छ । क्रसफायरले बिक्री गर्दै आइरहेको जीआर७, आरएम २५०, एचजे २५० र ट्रेकर सवै मोडलमा २४९ सिसीको इन्जिन जडान भएका कारण यी मोटरसाइकल आयत हुने बाटो रोकिएको हो ।
यो नयाँ निर्णयले सुजुकी ब्रान्डको हायते वाहेक अन्य सम्पूर्ण मोडल आयत हुने बाटो समेत वन्द भएको छ । सुजुकीको नेपाली बजारमा १५५ सिसीको जिक्सर र जिक्सर एसएफ तथा २४९ सिसीको जिक्सर र जिक्सर एसएफको आयत रोकिनै भएको हो । यो ब्रान्डको ११३ सिसीको हायते मोटरसाइकल र स्कुटरहरु भने आयत हुन पाउनेछन् ।
यसैगरी टिभिएसको आरटिआर १८०, आरटिआर २०० र आरटिआर १६० को आयत समेत प्रभावित हुने भएको छ । उसंग भएका स्ट्राइकर क्याक्स र रेडियन मोडलका वाइक सहित स्कुटरहरु भने आयत हुन पाउनेछन् । आरटिआर सिरिजका सवै मोडलमाथी प्रतिवन्ध लाग्ने भएपछि नयाँ निर्णयले टिभिएसलाई ठूलो धक्का पुर्याएको छ ।
बजाजको एभेन्जर २२० तथा १६०, पल्सर एनएस १६०, पल्सर एनएस २००, पल्सर २२० एफ र डोमिनार २५० को आयत प्रभावित हुनेछ भने पल्सर १५०, प्लाटिना, पल्सर १२५ र डिस्कोभर भने आयत हुन पाउनेछन् ।
यो नयाँ निर्णयले हिरो ब्रान्डको सर्वाधिक लोकप्रिय मोडल एक्सपल्स सहित अन्य मोडलहरु एक्सट्रिम २०० आर र एक्सट्रिम १६० आरको आयत रोकिने भएको छ । हिरोका अन्य मोडलहरु एचिभर, ग्ल्यामर, स्प्लेन्डर लगायत स्कुटरहरुको आयत भने सुचारु हुनेछन् ।
होन्डाको सिवी हर्नेट, सिविआर २५० आर, एक्सआर १९० एल र एक्सव्लेड मोडल आयत हुने बाटो रोकिएको छ भने यसअघिको निर्णयले हाइनेस सिवी ३५० र सिवी ३५० आरएस आयत हुन सकिरहेका छैनन् । यो निर्णयपछि होन्डाले साइन, सिडी ड्रम एक्सआर १५० एल र युनिकर्न सहित सवै मोडलका स्कुटर आयत गरी कारोबार गर्न पाउनेछ ।
यामाहाको फेजर, आर थ्री, आर१५, एमटी–१५ मोटरसाइकल तथा एनम्याक्स स्कुटरलाई प्रभावित गरेको छ । यो ब्रान्डको एफजेड, सलुटो, एसजेड–आरआर, एफजेडएस र एक्सटिजेड मोटरसाइल लगायत स्कुटरहरु भने आयत हुन पाउनेछन् ।
प्रतिवन्धमा परेका अन्य मोटरसाइकल तथा स्कुटरहरुमा मोटरहेडको एमएचआर १५० वाहेक अन्य सम्पूर्ण मोडल, अप्रिलियाको एसआर १५० र एसएक्सआर स्कुटर, इटालिका ब्रान्डको मोटो स्टालियन २५० र मोटो नभडा २५०, एसवाइएम एनएचटी २० र सिएफ मोटोका प्राय सम्पूर्ण मोडल सामले भएका छन् ।
केटीएमले गत हप्ता अर्थात जुलाई २२ मा आरसी ८सी बाइकका लागि प्रि–अर्डर...
केटीएमले नयाँ एमवाई२०२२ ३९० एड्भेन्चर बाइक लन्च गरेको छ । सो बाइकको मूल्य ३...
बजाजले भारतमा केटिएम ३९० ड्युक र ट्रायम्फका सबै ४०० सीसी मोडलमा १० वर्षको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...