मारुती सुजुकीको पहिलो इलेक्ट्रिक कार ई-भिटाराकाे लन्च मिति सार्वजनिक
भारतीय अटो बजारमा लामो समयदेखि प्रतीक्षित मारुती सुजुकीको पहिलो...
सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले अघिल्लो वर्ष अर्थात सन् २०२१ मा देशभर जम्मा ४ हजार हाराहारी मोटरसाइकल बिक्री गरेको छ । अतुल ब्रान्डको थ्री ह्विलरको समेत बिक्रेता रहेको यो कम्पनीले जम्मा ४ हजार ४ सय ५६ युनिट सवारीसाधन बिक्री गरेकोमा ४ सय ५६ युनिट थ्री ह्विलर बिक्री भएको अनुमान गर्दा मोटरसाइकलको संख्या यति हुने देखिएको हो ।
वर्षमा ४ हजार युनिट हाराहारी मोटरसाइकल बिक्री गर्न कम्पनीको देशभर ५८ वटा डिलर संचालनमा छन् । कम्पनी आफैले समेत ३ वटा शोरुम संचालन गरिरहेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनी आफैले ५ सय थान टु ह्विलर बिक्री गरेको रिपोर्ट सार्वजनिक हुँदै गर्दा वाँकी ३ हजार ५ सय युनिट डिलरमार्फत विक्री भएको देखिन्छ ।
५८ वटा डिलरले जम्मा ३ हजार ५ सय युनिट मोटरसाइकल र स्कुटर बिक्री गर्दा एउटा डिलरको भागमा वार्षिक औषत ६० थान मोटरसाइकल पर्ने देखिएको छ । यो भनेको एउटा डिलरले महिनामा जम्मा ५ युनिट मात्र बिक्री गर्ने गरेको प्रष्ट हुन्छ ।
महिनामा ५ युनिट मोटरसाइकल बिक्री गरेर ५८ वटा डिलर थेग्न कम्पनीमाथि दवाव सिर्जना भएको छ । एउटा डिलरले शोरुमको खर्च सहित कर्मचारी र अन्य शीर्षकमा गरी मासिक १ लाख भन्दा बढी खर्च हुने देखिन्छ । एउटा मोटरसाइकल बिक्री गर्दा डिलरले १५ हजार रुपैयाँ नाफा आर्जन गर्ने अनुमान लगाउने हो भनेपनि यी सवै डिलर नोक्सानमै चलिरहेको बिक्री आँकडाले पुष्टि गरेको छ ।
एक डिलर संचालकले सुजुकी मोटरसाइकलको बिक्री वढ्न नसकेका कारण डिलरसिप टिकाउन आफूहरुलाई हम्मेहम्मे परिरहेको बताए । उनका अनुसार यदि कम्पनीले बिक्री बढाउने रणनीति नल्याउने हो भने छिट्टै आधाभन्दा बढी डिलर बन्द हुने अबस्थामा रहेका छन् ।
उनले भने, ‘यो ब्रान्डको मोटरसाइकल तथा स्कुटरको माग बजारमा कम हुँदै गएका कारण कतिपय पुराना डिलर वन्द भैसकेका छन् भने नयाँ डिलरलाई समेत शोरुम धान्न हम्मेहम्मे परिरहेको छ । अहिले हामी नोक्सानमै चलिरहेका छौ । सोरुम र सर्भिस सेन्टर सहितको पूर्वाधार निर्माण गर्न ठूलो रकम खर्चनु परेको र उक्त रकम मोटरसाइकलको बिक्रीबाट उठ्ने स्थिति नदेखेका कारण अव के गर्ने भनेर सोचरहेका छौ । स्थिति यस्तै रहने हो भने नोक्सान वेहोरेरै भएपनि सोरुम वन्द गर्नुको अर्को विकल्प देखिँदैन ।’
नेपालमा मोटरसाइकलको डिलरसिप लिएर व्यवसाय गर्नुलाई कतिपय व्यपारीले ग्ल्यामरस विजनेशका रुपमा लिने गरेका छन् । जसका कारण कतिपयले आफ्नो स्टाटस मेन्टेन गर्नकै लागि भनेर पनि नोक्सानमै सोरुम चलाइरहेका छन् भने कतिपयले लगानी फसेको भन्दै भविष्यमा प्रतिफल आउने आशासहित जसोतसो शोरुम चलाइरहेका छन् । चल्तिका ब्रान्डको शोरुम चलाउन अधिकांश व्यवसायीले राम्रै मुनाफा समेत गरिरहेका छन् ।
बजारमा अहिले सुजुकीको जिक्सर १५०, जिक्सर एसएफ १५०, जिक्सर २५०, जिक्सर २५० एफ, हायते र इन्ट्रयुडर गरी कुल ६ वटा मोडलका मोटरसाइकल तथा एक्सेस १२५ र वर्गम्यान गरी कुल २ मोडलका स्कुटर उपलब्ध छन् । यीमध्ये सबैभन्दा बढी बिक्री हुने मोडलमा जिक्सर सिरिजका मोटरसाइकल पर्ने गरेका छन भने स्कुटरको कारोवारले खासै गति लिन सकिरहेको छैन ।
भारतमा राम्रै पर्फमेन्स गरिरहेको सुजुकी टु ह्विलरको बजार नेपालमा भने अपेक्षाकृत रुपमा राम्रो हुन सकेको छैन । आगामी दिनमा नेपाली बजारमा उपलब्ध हुने सुजुकी भि–स्ट्रोम मोटरसाइकल र एभेनिस स्कुटरले ब्रान्डको छविलाई उच्च बनाउने आशा गर्न सकिन्छ ।
भारतीय अटो बजारमा लामो समयदेखि प्रतीक्षित मारुती सुजुकीको पहिलो...
मारुती सुजुकीले चाँडै नयाँ पुस्ताको लक्जरी ह्याचब्याक एस–क्रस भारतीय...
बजारमा साना एसयूभीको माग बढ्दै गएपछि अहिले सबैजसो उत्पादक कम्पनीहरुको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...