नयाँ ग्रान्ड आई १० निओस सार्वजनिक, यस्तो छ मूल्य र फिचर
हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड आई १० निओसको फेसलिफ्ट मोडल...
हुन्डाई टुसानको चौथो जेनेरेशन भारतमा सार्वजनिक भएको छ । यो एसयुभी भारतमा ४ अगस्टमा लन्च हुँदैछ । अर्को हप्तादेखी वुकिङ खुल्ला गर्ने तयारी भैरहेको यो एसयूभीको डेलिभरी लन्च लगत्तै सुरु हुने जनाइएको छ । यो एसयूभीलाई हुन्डाइले २०२० को सेप्टेम्वर महिनमा ग्लोवल डेव्यू गरेको थियो ।
न्यु जेनेरेशन टुसान हालको मोडलको तुलनामा धेरै अपडेट सहित लन्च हुन लागेको हो । यो नयाँ एसयूभीमा कम्पनीको सेन्सुअल स्पोर्टी डिजाइन दिएको छ । यसमा आकर्षक एलईडी हेडल्याम्प सहितको नयाँ प्यारामेट्रिक ग्रिल जडान गरिएको छ ।
भारतमा पहिलोपटक टुसानमार्फत अटोमेटिक ड्राइभर असिस्ट सिस्टम(अडास) उपलब्ध गराएको हुन्डाइले यसमा लेभल टु अडास टेक्नोलोजी उपलब्ध गराएको छ । जसअन्तर्गत फरवार्ड कोलिजिन वार्निङ, व्लाइन्ड स्पट असिस्ट, लेन किप असिस्ट र रियर क्रस ट्राफिक अलर्ट लगायत अन्य फिचर्स सामेल गरिएका छन् ।
यसको भारत–स्पेक मोडल २.० लिटर पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध हुनेछ । यो ६–स्पिड अटोमेटिक र ८ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन सहित आउने लागेको हो ।
यो नयाँ जेनेरेशनमा हुन्डाइले डुअल टोन इन्टेरियर दिएको छ । जहाँ व्ल्याक र ग्रे कलरलाई आकर्षक तवरकाट समायोजन गरिएको देख्न सकिन्छ । साथै यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र सोही आकारको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ । यसमा दिइएको फोर स्पोक स्टेरिङ ह्विल हालको क्रेटा र अल्काजार एसयूभीको भन्दा भिन्न रहेको छ ।
फिचर्सको कुरा गर्नुपर्दा यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस स्मार्टफोन चार्जिङ, पानारोमिक सनरुफ, एयर प्यूरिफायर, हिटेड एन्ड भेन्टिलेटेड फ्रन्ट सिट, ६४– कलर एम्विएन्ट लाइटिङ, ३६० डिग्री क्यामेरा, मेमरी फंक्सन सहितको इलेक्ट्रिकल्ली एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, रेन सेन्सिङ वाइपर, व्लू लिंक कनेक्टेड कार फिचर्स, भ्वाइस कमान्ड, एलेक्सा एन्ड गुगल असिस्टेन्ट, ८ स्पिकर वोस साउन्ड सिस्टम र पावर्ड टेलगेट लगायत सुविधा उपलब्ध गराइएको छ ।
हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड आई १० निओसको फेसलिफ्ट मोडल...
हुन्डाईले पहिले देखि नै लन्च गर्ने घोषणा गरेको ७ सिटर एसयूभी अल्काजारको...
हुन्डाई मोटर्स इन्डियाले हालसालै नयाँ भरना लन्च गरेको छ । छैँठौ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...