सुजुकी स्विफ्टमा अव नयाँ जेड–सिरिज इन्जिन, ४० किलोमिटर माइलेज दिने
सुजुकीको सर्बाधिक लोकप्रिय ह्याचब्याक कार स्विफ्ट नयाँ इन्जिन जडान भएर...
मारुती सुजुकी ग्रान्ड भिटारा मिडसाइज एसयूभी जुलाई २० मा लन्च हुने भएको छ । सो भन्दा पहिले कम्पनीले यसको केही झलक देखाएको छ ।
ग्रान्ड भिटारालाई नेक्सा डिलरशिपमा ११ हजार भारुको टोकन रकम तिरेर बुक गर्न सकिन्छ । सो एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्नेछ ।
मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी सुजुकीको ग्लोबल–सी प्लेटफर्ममा आधारित हुनेछ । टोयोटाको नयाँ मिडसाइज एसयूभी अर्बन क्रुजर हाइराइडर पनि यही प्लेटफर्ममा तयार गरिएको छ । मारुती भिटारा कर्नाटकको टोयोटाको बिदादी प्लान्टमा निर्माण हुनेछ ।
मिडिया रिपोर्टका अनुसार मारुती सुजुकी ग्रान्ड भिटारामा वायरलेस कनेक्टिभिटी, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट, भ्वाइस असिस्ट, हेड–अप डिस्प्ले, कनेक्टेड कार टेक्नोलोजी, प्यानोरोमिक सनरुफ, ३६० डिग्री क्यामेरासहित ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, ६ एयरब्याग र हिल डिसेन्ट कन्ट्रोल लगायतका धेरै फिचर हुनेछ ।
मारुती सुजुकी ग्रान्ड भिटारामा १.५ लिटर के१५सी डुअलजेट पेट्रोल इन्जिन र टोयोटाको १.५ लिटर टीएनजीए पेट्रोल इन्जिन उपलब्ध हुनेछ । सो इन्जिन हल्का र बलियो हाइब्रिड टेक्नोलोजीले सुसज्जित हुनेछ । सो एसयूभीमा ५ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन विकल्प हुनेछ ।
मारुती सुजुकीले नयाँ मिडसाइज एसयूभी ग्रान्ड भिटाराको मूल्य १० लाख भारुभन्दा बढी राख्ने सम्भावना छ, यद्यपि कम्पनीले यसको मूल्य आउँदो महिना मात्र खुलासा गर्नेछ । यो नेक्सा शोरुममा बिक्री हुनेछ र भिटाराले भारतमा एस–क्रसलाई प्रतिस्थापन गर्नेछ ।
सुजुकीको सर्बाधिक लोकप्रिय ह्याचब्याक कार स्विफ्ट नयाँ इन्जिन जडान भएर...
मारुतीको ह्याचब्याक कार निकै लोकप्रिय छ । कम्पनीले चाँडै नै ह्याचब्याक...
मारुती सुजुकीले ७ लाख ४६ हजार भारु मूल्यमा भारतीय बजारमा फ्रोङ्क्स लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...