अब एस–क्रस बजारमा नआउने, टोयोटा र मारुतीले संयुक्त रुपमा ल्याउदै एसयूभी भिटारा

मारुती सुजुकी इन्डियाले एस–क्रस एसयूभीको उत्पादन बन्द गरेको छ । यद्यपि कम्पनीले यसको अन्तिम स्टक रहेसम्म बिक्री जारी राख्नेछ । अब एस–क्रसको म्यानुअल भेरिएन्ट मात्र खरिद गर्न सकिनेछ, तर यसको पनि सीमित स्टक मात्र उपलब्ध छ ।

अब यसको स्थानमा भिटारा उपलब्ध हुनेछ । भारतमा केही डिलरशिपले मारुती सुजुकीको आगामी मिड साइज एसयूभी भिटाराका लागि बुकिङ गर्न थालेका छन् । यसलाई टोयोटा र मारुतीले संयुक्त रुपमा तयार पारेका हुन् । कम्पनीले भिटारा ब्रेजा नामबाट ‘भिटारा’ नाम हटाएर ब्रेजा हालै सार्वजनिक गरेको छ भने अर्को एसयूभी भिटारा हुनेछ ।

आगामी मारुती सुजुकी भिटारा जुलाई २० मा लन्च गरिनेछ र अगस्टदेखि यसको बिक्री सुरु हुनेछ । लन्चिङ पछि भिटारा भारतमा मारुतीको सबैभन्दा महँगो कार हुनेछ र यसले हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, स्कोडा कुशाक र फक्सवागन टाइगुनलाई टक्कर दिनेछ ।

मारुती सुजुकी भिटारामा १.५ लिटर हाइब्रिड इन्जिन हुनेछ । जसले ११३ बीएचपीको पावर र १४१ एनएमको टर्क जेनेरेट गर्नेछ । सो इन्जिनलाई अटोमेटिक गियरबक्ससँग जोडिनेछ । यसको मोटरलाई ११७.६भी लिथियम–आयोन ब्याट्रीमा जोडिने सम्भावना छ । सो एसयूभी टोयोटाको आगामी अर्बन क्रुजर हाइराइडरकै प्लेटफर्ममा आधारित हुनेछ । यसको केही डिजाइन, बडी प्यानल र इन्जिन पनि समान हुनेछ ।

एस–क्रस सन् २०१५ मा लन्च गर्दा, यो सबैभन्दा महँगो मारुती सुजुकी कार थियो र नेक्सा डिलरशिप मार्फत बिक्री हुने पहिलो कार थियो । यसको राम्रो बिक्री नहुनुको एउटा कारण यसको मूल्य थियो । एस–क्रस २ डिजेल इन्जिन विकल्पमा उपलब्ध थियो । खराब बिक्रीको कारण मारुतीले १.६ लिटर इन्जिन बन्द गर्नु परेको थियो ।

सम्बन्धित समाचारहरू

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा उत्पादन सुरु, मूल्य सेप्टेम्बरमा सार्वजनिक हुने

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा उत्पादन सुरु, मूल्य सेप्टेम्बरमा सार्वजनिक हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटाराको उत्पादन औपचारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...