नेपाल आउने प्रतिक्षामा १० व्रान्डका १२ नयाँ कार

भारतीय बजारमा केही समययता लन्च भएका एकदर्जन कार नेपाल आउने प्रतिक्षमा छन् । सुजुकी, महिन्द्रा, टाटा, टोयोटा, फक्सवागन, स्कोडा, होन्डा, एमजी, हुन्डाई र जीप ब्रान्डका १२ वटा नयाँ एवं फेसलिफ्ट मोडल नेपाल आउने तयारीमा रहेका हुन् ।

यी मध्ये केही मोडल निकै अघि लन्च भएपनि नेपाल आउन सकिरहेका छैनन् भने अधिकांश नयाँ मोडल हालसालै लन्च गरिएका हुन् । महिन्द्राले २ वर्षअघि लन्च गरेको अफरोडर एसयुभी थार र डेढ वर्षअघि लन्च गरेको एक्सयुभी ७०० हालसम्म नेपाल आउन सकिरहेका छैनन् । यी एसयूभीको माग भारतमै उच्च रहेको भन्दै उसले हालसम्म यी दुई एसयुभीलाई नेपाल पठाउन मानिरहेको छैन ।

सम्भवत आगामी फेस्टिवल सिजनमा एक्सयुभी ७०० नेपाल भित्रिन सक्नेछ भने थार आउने मितीको अझै ठेगान लागिसकेको छैन । नयाँ स्कर्पियोलाई भने महिन्द्राले भारतमा जत्तिकै प्राथमिकता दिएर एकैदिन लन्च गरेको छ । यो एसयुभीको नेपालमा हालसम्म मूल्य समेत निर्धारण भैसकेको छैन भने वुकिङ दशैंदेखी खुल्ला हुनसक्ने बताइएको छ ।

भारतमा लन्च भएर विगत लामो समयदेखी नेपाल भित्रिन नसकेको अर्को सानो एसयुभी टाटा पन्च अर्को महिना नेपाल आउने आधिकारिक विक्रेता सिप्रद्धी स्रोतले वताएको छ । यो एसयुभी नाडा अटो शोमा लन्च हुने उक्त स्रोतको भनाई छ । टाटाकै नयाँ इलेक्ट्रिक कार नेक्सन इभी म्याक्स समेत सोही समय नेपाल भित्रिन सक्ने संभावना देखिएको छ । हाल कारोबार भैरहेको नेक्सन इभीको लङ रेन्ज भेरियन्ट यो इभी भारतमा २ महिना अघि लन्च भएको हो ।

एमजी मोटर्सले डेढ वर्षअघि लन्च गरेको एस्टर एसयुभी पनि नेपाल आउन सक्ने सूचीमा सामेल नयाँ एसयुभी हो । यो एसयुभीको पनि भारतमा माग उच्च रहेका कारण कम्पनीले निर्यातमा खासै रुची दिएको देखिँदैन । ढिलोचाँडो यो नयाँ एसयुभी पनि नेपाल भित्रिने लगभग पक्कापक्कि जस्तै देखिन्छ ।

स्कोडाले ५ महिनाअघि लन्च गरेको नयाँ सेडान कार स्लाभिया पनि नेपाल आउने तयारीमा रहको वुझिएको छ । यो कारलाई आगामी फेस्टिवल सिजनमा नेपाल ल्याउने गरी कम्पनीले तयारी थालेको बताइएको छ । १ महिना अघिमात्र लन्च भएको फक्सवागन भर्टस पनि अवको केही समयपछि नेपाल भित्रिने छ ।

हुन्डाइको लोकप्रिय सव कम्प्याक्ट एसयुभी भेन्यू फेसलिफ्ट पनि नाडा अटो शोमा लन्च हुने संभावना देखिएको छ । यो एसयुभीलाई हुन्डाई मोटर्सले १ महिना अघि भारतमा लन्च गरेको थियो । यसको साथै सुजुकी व्रेजा, होन्डा सिटी हाइव्रिड र जीप मेरिडियन पनि नेपाल भित्रिने तयारीमा छन् ।

यी मध्ये अधिकांश मोडललाई आयतकर्ता कम्पनीले भदौ ७ गते आयोजना हुने नाडा अटो शोमा लन्च गर्ने तयारी थालेका छन् । यद्यपी असार मसान्त सम्मका लागी भनेर सकारले यस्ता गाडीको आयतमा प्रतिवन्ध लगाएको छ । उक्त प्रतिवन्ध नहटे यी नयाँ कार नेपाल भित्रिने मिती अनिश्चित वन्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई प्यालिसेडको मूल्य सार्वजनिक : करिव २ करोड २६ लाख मूल्य पर्ने गाडीमा यस्ता छन् फिचर

हुन्डाई प्यालिसेडको मूल्य सार्वजनिक : करिव २ करोड २६ लाख मूल्य पर्ने गाडीमा यस्ता छन् फिचर

काठमाडौं – नेपाली बजारमा हुन्डाईको प्रिमियम गाडी प्यालिसेड भित्रिएको छ ।...

हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडीको अनुभव एकै छानामुनी

हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडीको अनुभव एकै छानामुनी

काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...

हुन्डाई क्रेटा फेसलिफ्ट छिट्टै नेपाली बजारमा उपलब्ध हुने, सार्वजनिक भयो मूल्य

हुन्डाई क्रेटा फेसलिफ्ट छिट्टै नेपाली बजारमा उपलब्ध हुने, सार्वजनिक भयो मूल्य

काठमाडौं – केही महिना पहिले भारतमा लन्च भएको हुन्डाई क्रेटा फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...