पेट्रोलियम मूल्य वृद्धिको असर लुब्रिकेन्ट्समा पनि, १० देखि १५ प्रतिशतसम्म मूल्य बढ्ने

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै यसको सिधा असर लुव्रिकेन्ट्स बजारमा समेत देखिने भएको छ । कच्चा तेललाई प्रशोधन गरेर उत्पादन गरिने लुब्रिकेन्ट्सको मूल्य विश्व बजारमै वृद्धि हुन थालेपछि यसको सिधा असर नेपाली बजारमा समेत देखिन थालेको आयातकर्ता कम्पनीहरुले बताएका छन् । यसरी आयात गर्ने कतिपय कम्पनीले मूल्य वृद्धि गरिसकेका छन् भने कतिपयले भने यसअघिकै मूल्यमा पुरानो स्टक बिक्री गर्दै आइरहेका छन् ।

गल्फ ब्रान्डको लुब्रिकेन्ट्स उत्पादन गर्दै आइरहेको नेपाल ल्युब आयल लिमिटेडका महाप्रवन्धक गंगाराज भट्टराई (प्रकाश) ले अन्तर्राष्ट्रिय बजारमै बेस आयल र फिनिस्ड गुड्सको मूल्य वृद्धि भैरहेका कारण यसको सिधा असर नेपाली बजारमा समेत पर्ने बताए । उनका अनुसार बजारमा अहिले कतिपय ब्रान्डले मूल्य वृद्धि गरिसकेका छन् भने कतिपयले पुरानो स्टकलाई यसअघिकै मूल्यमा बिक्री गरिरहेका छन् ।

‘गल्फ लुब्रिकेन्ट्सको हकमा भन्नु पर्दा हामीले साउन १ गतेदेखि १० प्रतिशतको हाराहारीमा मूल्य वृद्धि गर्ने योजना बनाइसकेका छौ । कच्चा पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मान्दा १० प्रतिशतले पनि नपुग्ने भएपनि कम्पनीको संचालक समितिले अन्य खर्च कटौती गरेर भएपनि मूल्य थोरै मात्राले बढाउने निर्णय गरेकाले तत्काललाई यतिमात्रै मूल्य बढाउने निर्णय लिएका हौ । ग्रिजको हकमा भने यसअघि नै ३० प्रतिशत भन्दा बढीले मूल्य वृद्धि भैसकेको छ’ उनले नेपाल अटोसँग भने ।

क्यास्ट्रोल लुब्रिकेन्ट्सको वितरक नेपाल ओभरसिज ट्रेडिङका प्रबन्धक अमर ज्योति रञ्जित पनि लुब्रिकेन्ट्सको मूल्य अन्तर्राष्ट्रिय बजारमै भारीमात्राले वृद्धि भएको बताउँछन् । उनी भन्छन, ‘लुब्रिकेन्ट्सको मूल्य छोइ नसक्नु गरी वृद्धि भएपनि नेपालमा केही कम्पनीले स्टकमा भएको सामानलाई पुरानै मूल्यमा बिक्री गरिरहेका कारण हामीलाई पनि सोही मूल्यमा बिक्री गर्नुपर्ने दवाव सिर्जना भएको छ । हालसम्मका लागि पुरानै मूल्यमा बिक्री गर्दै आइरहेपनि अबको केही दिनपछि १५ प्रतिशतसम्मले मूल्य बढाउने गरी तयारी गरिरहेका छौ ।’ अबको केही समयपछि प्रायः सवैजसो ब्रान्डले १५ प्रतिशत हाराहारीमा मूल्य वृद्धि गर्ने उनको ठहर छ ।

नेपाली बजारमा एक सय भन्दा बढी ब्रान्डका लुब्रिकेन्टको कारोबार भइरहेको छ । नेपालमै उत्पादन हुने र अन्य देशबाट आयात गरिएका लुब्रिकेन्टको कडा प्रतिस्पर्धा छ । सवारी साधनको लागि ‘रक्तसञ्चार’ मानिने लुब्रिकेन्ट्सको बजार सवारी साधनको संख्या वृद्धि भए अनुसार नै बढ्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

भिडोल लुब्रिकेन्टको इन्डष्ट्रियल मिट भव्यताका साथ सम्पन्न

भिडोल लुब्रिकेन्टको इन्डष्ट्रियल मिट भव्यताका साथ सम्पन्न

वीरगन्ज – भिडोल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भीजी ल्युब...

पेट्रोनस स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड आयोजना हुने

पेट्रोनस स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड आयोजना हुने

काठमाडौं – बतास समुह अन्र्तगत त्रिथुङ्गा ट्रेडिङ प्रालि र पेट्रोनस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...