अब राम्रो सर्भिस र चार्जिङ सुबिधा दिने ब्रान्डमात्र टिक्छ : ज्ञानेन्द्र चन्दको अन्तर्वार्ता
ओमोडा र जेको ब्रान्डमा दर्शकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? एकदमै...
फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । विद्युतीय कारमा वैंक तथा वित्तीय संस्थाहरुले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन् । जसको आधारमा ३८ लाख मूल्य निर्धारण गरिएको यो कारका लागि २० प्रतिशत डाउनपेमेन्ट बुझाउँदा शुरुमा ७ लाख ६० हजार रुपैयाँ जोहो गरे पुग्छ ।
वाँकी रहेको ८० प्रतिशत रकमलाई ७ वर्षसम्म मासिक किस्ताबन्दीमा भुक्तानी गर्न पाउने सुविधा दिइएको छ । जसका आधारमा ग्राहकले ७ वर्षसम्म मासिक ५२ हजार रुपैयाँ हाराहारी भुक्तानी गर्नुपर्ने देखिन्छ । वैंकहरुले अहिले अटोलोनमा औसत १२ प्रतिशतका दरले ब्याज लगाउँदै आएका छन् ।
यसको साथै यो गाडीलाई एकपटक फुल चार्ज गर्दा ३८० किलोमिटरसम्म गुडाउन सकिने दावी गरिएको छ । विद्युतीय कारको चार्जिङका लागि ग्राहकले माग गरेको खण्डमा नेपाल विद्युत प्राधिकरणले १ हप्ताभित्र सहुलियत दरमा विद्युत खपत गर्न मिल्ने गरी ग्राहकको घरमा छुट्टै व्यवस्था मिलाउँदै आएको छ । यसरी पाइने सुविधा अन्तर्गत ग्राहकले प्रति युनिट जम्मा ५ रुपैयाँ भुक्तानी गरे पुग्छ ।
यो दरमा कुल २ सय रुपैयाँ खर्च गरेर गाडी चार्ज गर्दा ४ सय किलोमिटर गुड्ने आधिकारिक वितरक सिजी मोटर्स स्रोतले बताएको छ । यसरी हिसाव गर्दा जम्मा ५० पैसामा १ किलोमिटर यात्रा गर्न सकिने देखिन्छ । जवकी यही रेन्जको पेट्रोलियम गाडीले १० किलोमिटर माइलेज दिँदा हाल कायम भएको पेट्रोलको मूल्य अनुसार प्रति किलोमिटर १७ रुपैयाँभन्दा बढी खर्च हुन्छ । पेट्रोलको मूल्य अहिले १७९ रुपैयाँ पुगेको छ भने यो अझै बढ्ने क्रममै छ ।
ओमोडा र जेको ब्रान्डमा दर्शकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? एकदमै...
भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज...
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...