सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै
भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले...
नयाँ मारुती सुजुकी ब्रेजा केही दिन पहिले भारतमा लन्च भइसकेको छ । लन्चिङ भएको केही समयमै यो कारको ४६ हजार भन्दा बढी युनिट बुक भइसकेको छ । नयाँ ब्रेजा खरिदका लागि ४ महिनाभन्दा बढी कुर्नुपर्ने हुन्छ । यद्यपि कम्पनीले सो कारको प्रतीक्षा अवधि कम गर्न कारको उत्पादन बढाएको छ ।
सो कारको इन्ट्री लेभल एलएक्सआई म्यानुअल मोडलको मूल्य ७ लाख ९९ हजार भारु राखिएको छ । कारको टप रेन्ज मोडल जेडएक्सआई अटोमेटिक भेरिएन्टको मूल्य १३ लाख ९६ हजार भारु तोकिएको छ ।
नयाँ मारुती ब्रेजा ४ ट्रिम एलएक्सआई, भीएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लसमा उपलब्ध छ । सो कारमा १५ लिटर के१५सी पेट्रोल इन्जिन दिइएको छ । यो पेट्रोल मोटर ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्ससँग जोडिएको छ र यसले १०३ बीएचपी पावर जेनेरेट गर्छ ।
सो कारको म्यानुअल भेरिएन्टले २०.१५ किलोमिटर र अटोमेटिक भेरिएन्टले १९.८० किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । कम्पनीले यो कार सिएनजीसहित ल्याउने तयारी गरिरहेको छ ।
नयाँ ब्रेजामा कनेक्टेड कार टेक, ३६० डिग्री क्यामेरा, हेड अप डिस्प्ले, लेदर ¥याप्ड स्टेयरिङ ह्विल, एम्बियन्ट लाइटिङ, ९ इन्चको टचस्क्रिन, वायरलेस चार्जिङ, कुल्ड ग्लोभबक्स, रियर फास्ट चार्जिङ युएसबी स्लट जस्ता प्रिमियम फिचरहरु उपलब्ध छन् । यो कार कम्पनीको सबैभन्दा लोकप्रिय मोडल मध्ये एक हो ।
अब नेपाली बजारमा यो कार कहिले उपलब्ध होला भनेर धेरैले प्रतीक्षा गर्ने कार बनेको छ । आगामी भदौ महिनामा आयोजना हुने नाडा अटो शो मा यो कार डिस्प्ले हुन सक्छ ।
भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले...
सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...
काठमाडौं – सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...