सुजुकीले वन्द गर्यो इन्ट्रयुडरको उत्पादन
जापनिज टु ह्विलर निर्माता सुजुकीले आफ्नो सेग्मेन्टकै पहिलो क्रुजर वाइक...
मारुती सुजुकीको नयाँ २०२२ ब्रेजा सब–४ मिटर कम्प्याक्ट एसयूभी सार्वजनिक गरेको छ । सो एसयूभी किया सोनेट, हुन्डाई भेन्यु र टाटा नेक्सन जस्ता प्रतिद्वन्द्वीहरूलाई टक्कर दिन नयाँ अवतारमा लन्च गरिएको छ । नयाँ ब्रेजा पहिलेको तुलनामा धेरै टेक्नोलोजी र आधुनिक फिचर सहित आएको छ । नयाँ ब्रेजा र पुरानो ब्रेजामा के फरक छ हेरौँ ।
साइज
नयाँ ब्रेजा अल न्यु भर्सनमा लन्च गरिए तापनि पुरानो भर्सन जस्तै ग्लोबल सी÷टेक प्लेटफर्ममा आधारित छ । जसका कारण यसको ह्विलबेस पहिलेको जस्तै २५०० एमएमको छ । नयाँ ब्रेजाको लम्बाई ३९९५ एमएम, चौडाइ १७९० एमएम र उचाई १६८५ एमएम छ भने पुरानो मोडलको लम्बाई ३९९५ एमएम, चौडाइ १७९० एमएम र उचाई १६४० एमएम छ । दुबैमा ३२८ लिटरको एउटै बुट स्पेस छ ।
लुक र डिजाइन
ब्रेजाको एक्सटेरियर डिजाइन निकै आकर्षक छ । यसमा आउटगोइङ मोडलको तुलनामा धेरै प्रिमियम डिजाइन समावेश छ । एसयूभीको फ्रन्ट ग्रिल (टप–स्पेक भेरिएन्ट) मा गन–मेटल फिनिश भएकोले बोनट फराकिलो छ । यसको बम्पर स्पोर्टियर छ र चारैतिर बडी क्ल्याडिङ छ । हाई भेरिएन्टमा ड्युअल एलईडी प्रोजेक्टर ल्याम्प र एलईडी फगल्याम्प पनि उपलब्ध छ । ड्युअल टोन १६ इन्चको अलोय ह्विल पनि नयाँ छ ।
नयाँ ब्रेजामा स्लिमर एलईडी टेलल्याम्प छन् र टेलगेटमा ठूलो ब्रेजा ब्याजिङ छ । यो जेडएक्सआई र जेडएक्सआई प्लस भेरिएन्टमा ड्युअल–टोन कलर विकल्पमा उपलब्ध छ । मारुतीले टेरास्केप र मेट्रोस्केप नामक विशेष बाह्य डिजाइन प्याकेजहरू पनि प्रदान गर्दैछ । नयाँ ब्रेजा आजको आधुनिक एसयूभी जस्तै देखिन्छ ।
इन्टेरियर र फिचर
नयाँ ब्रेजाको क्याबिन पनि पुरानो मोडलभन्दा आधुनिक बनाइएको छ । यसको ड्यासबोर्ड डिजाइन पूर्ण रूपमा नयाँ छ । नयाँ ब्रेजामा स्टेयरिङ ह्विल, इन्स्ट्रयुमेन्ट क्लस्टर र ९ इन्चको स्मार्टप्ले प्रो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम नयाँ छ ।
नयाँ ब्रेजा मारुती सुजुकीको पहिलो मोडल हो जसमा इलेक्ट्रिक सनरुफ जडान गरिएको छ । यसमा ३६० डिग्री भ्यु क्यामेरा, भ्वाइस असिस्ट सहितको ९ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, अर्कामिस म्युजिक सिस्टम, एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङ ओभर हिटिङ प्रोटेक्सन रहेको छ ।
इन्जिन र पावर
नयाँ ब्रेजामा १.५–लिटर के–सिरिजको माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन जडान गरिएको छ । जसले १०२ बीएचपीको पावर र १३५ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ के–सिरिजको पेट्रोल इन्जिनले कम उत्सर्जन गर्छ र माइलेज २०.१५ किमि प्रति लिटरसम्म बढाउने दाबी गरिएको छ । यो इन्जिन म्यानुअल गियरबक्सको साथसाथै प्याडल सिफ्टरसहितको अटोमेटिक युनिटमा उपलब्ध छ ।
ट्रान्समिसन
ब्रेजाको सबै भेरिएन्टमा ५ स्पिड म्यानुअल गियरबक्समा उपलब्ध छ । अटोमेटिक भर्सनको लागि नयाँ मोडलमा ४ स्पिड टर्क कन्भर्टरलाई नयाँ ६ स्पिड टर्क कन्भर्टरले प्रतिस्थापन गरिएको छ । त्यस्तै, हाइब्रिड टेक्नोलोजी अब म्यानुअल र अटोमेटिक भर्सनमा उपलब्ध छ । पुरानो मोडलमा, यो केवल अटोमेटिक मात्र पेश गरिएको थियो ।
माइलेज
नयाँ ब्रेजाले म्यानुअल भर्सनमा २०.१५ किमी प्रति लिटर र ६ स्पिड एटीमा १९.८० किमी प्रतिलिटरको माइलेज दिन्छ । पुरानो मोडलले १७ किमी प्रति लिटर र पुरानो ४ स्पिड एटीमा १८.७६ किमी प्रति लिटरको माइलेज प्रदान गर्छ ।
मूल्य
नयाँ २०२२ भिटारा ब्रेज्जाको मूल्य ७ लाख ९९ हजार भारुदेखि सुरु हुन्छ भने पुरानोको मूल्य ७ लाख ८४ हजार भारुदेखि सुरु हुन्छ । नेपाली बजारमा पनि यो गाडी आयो भने मूल्य त्यतिबेलै थाहा हुनेछ ।
जापनिज टु ह्विलर निर्माता सुजुकीले आफ्नो सेग्मेन्टकै पहिलो क्रुजर वाइक...
मारुति सुजुकीले ई–भिटारा सार्बजनिक गरेको लामो समयपछि यसको मूल्य बाहिर...
सुजुकीले जिम्नीको ५५ औँ एनिभर्सरी एडिसन सार्वजनिक गरेको छ । आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...