नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजाका यस्ता छन् मुख्य विशेषता

मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेशनको मारुती सुजुकी ब्रेजा भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले यो कारको प्रारम्भिक मूल्य ७ लाख ९९ हजार भारुमा लन्च गरेको छ । यसको टप–स्पेक भेरिएन्टको मूल्य १३ लाख ९६ हजार भारु रहेको छ । सो कारको बुकिङ पनि सुरु गरिसकेको छ ।

मारुतीको अल न्यु सब ४ मिटर कम्प्याक्ट ब्रेजा एसयूभी ११ हजार भारुमा बुक गर्न सकिन्छ । मारुती सुजुकीले नयाँ २०२२ मारुती ब्रेजाका ४५ हजार भन्दा बढी युनिट मात्र ८ दिनमा बुकिङ भइसकेको जानकारी दिएको छ । यो नयाँ मोडल पुरानो भिटारा ब्रेजाको सट्टामा लन्च गरिएको हो । अब यसको नाम ब्रेजा मात्र हुनेछ ।

नयाँ मारुती सुजुकी ब्रेजा पूर्ण रूपमा परिमार्जन गरिएको मोडल हो । यसको फ्रन्ट–इन्ड नयाँ डिजाइन गरिएको छ, जुन पहिलेको तुलनामा धेरै पातलो देखिन्छ । ग्रिललाई नयाँ एलईडी स्लिक हेडल्याम्प युनिटसँग जोडिएको छ ।

नयाँ मारुती ब्रेजामा नयाँ ड्युअल एलईडी डेटाइम रनिङ ल्याम्प पनि छ, जसले कारलाई छुट्टै पहिचान दिन्छ । यसको बम्पर डिजाइन पनि नयाँ छ । मारुती सुजुकीले नयाँ ब्रेजामा नयाँ सिल्भर फक्स स्किड प्लेट र नयाँ फगल्याम्प पनि जडान गरेको छ । नयाँ ब्रेजामा नयाँ ड्युअल टोन अलोय ह्विल र रूफरेल पनि थपेको छ । साथै, टेलल्याम्प पनि नयाँ छ ।

कम्पनीले कारको क्याबिनमा धेरै परिमार्जन गरेको छ । मारुती सुजुकीले नयाँ ९.० इन्च इन्फोटेनमेन्ट स्क्रिन पनि थपेको छ र एयरकोन भेन्ट नयाँ स्क्रिनको ठीक तल राखिएको छ ।

नयाँ ब्रेजाको मुख्य विशेषतामध्ये एक इलेक्ट्रिक सनरुफ हो । यसमा ५.५ इन्चको हेड–अप डिस्प्ले, वायरलेस फोन चार्जिङ र नयाँ ३६०–डिग्री क्यामेरा भ्यु सिस्टम जोडिएको छ ।

नयाँ कारमा १.५ लिटर के–सिरिज डुअलजेट इन्जिन जडान गरिएको छ । यो इन्जिनले १०३ बीएचपी पावर र १३५ एनएम टर्क जेनेरेट गर्छ । सो कारमा माइल्ड हाइब्रिड सिस्टमको साथमा ५ स्पिड म्यानुअल र नयाँ ६ स्पिड टर्क कन्भर्टर गियरबक्ससहित उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

कठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता...

बीएस६ प्रविधिको झल्को दिने यी दुई मोडलका मोटरसाइकल : मूल्यमा ५ हजार मात्र फरक

बीएस६ प्रविधिको झल्को दिने यी दुई मोडलका मोटरसाइकल : मूल्यमा ५ हजार मात्र फरक

विश्व बजारमा कारको बिक्री बढे जस्तै एसियाली मुलुकहरुमा दुई पांग्रे सवारी...

५०० यूनिट मात्रै उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्बजनिक

५०० यूनिट मात्रै उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्बजनिक

सुजुकीले अष्ट्रेलियामा जिम्नी एक्सएलको नयाँ ‘हेरिटेज’ एडिसन सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...