हुन्डाइले सार्वजनिक गर्यो अयोनिक ६ को डिजाइन, टेस्ला मोडल ३ संग प्रतिस्पर्धा हुने

कोरियन अटो निर्मात हुन्डाइले आयोनिक ६ को डिजाइन सार्वजनिक गरेको छ । यसै वर्षको अन्त्यसम्ममा लन्च हुने तयारीमा रहेको यो नयाँ इलेक्ट्रिक कारले टेस्ला मोडल ३ संग प्रतिस्पर्धा गर्नेछ ।

हुन्डाईले यो नयाँ कारलाई इभी डेडिकेटेड प्लेटफर्म ई–जिएमपी आर्किटेक्चरमा निर्माण गरिरहेको छ । जुन आर्किटेक्चरमा आयोनिक५ र किया इभी६ निर्माण भई बजारमा आइसकेका छन् । निकै नै आकर्षक र भविष्यमा आधारित भई डिजाइन गरिएको यो कारमा अत्याधुनिक र सुविधासम्पन्न फिचर्स उपलब्ध हुने जनाइएको छ ।

यो नयाँ कारमा कुन साइजको व्याट्री र कति वाट क्षमताको मोटर जडान गरिनेछ भन्ने विषयमा विस्तृत जानकारी वाहिर नआएपनि ७७.४ किलोवाट आवरको व्याट्री हुनसक्ने आँकलन गरिएको छ । यो इलेक्ट्रिक कारले ४ सय किलोमिटर रेन्ज दिने अनुमान लगाइएको छ ।

आयोनिक ५ मा जस्तै यसमा पनि एकपटक प्रयोगमा आइसकेका सामानलाई रिसाइकल गरी निर्माण गरिएका सामग्रीहरुलाई बढी मात्रामा प्रयोग गरिएको छ । जसले वातावरण संरक्षमा कम्पनीको संवेदनशिलतालाई झल्काउन ठोस मद्धत गरेको प्रष्ट हुन्छ ।

निकै नै आकर्षक र विलासी फिचर्सद्धारा सुसज्जित रहने बताइएको यो नयाँ कारमा एम्वियन्ट लाइटिङ, टु स्पोक स्टेरिङ ह्विल र आयोनिक ५ मा जस्तै १२.५ इन्चको दुईवटा टच स्क्रिन उपलब्ध हुनेछ । सुरक्षाका लागी यसमा वहुसंख्यक एयरव्याग, एड्भान्स ड्राइभिङ एसिस्टेन्स सिस्टम र क्यामेरा लगायत अन्य धेरै फिचर्स रहनेछन् ।

सम्बन्धित समाचारहरू

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ माइक्रो एसयूभी...

दिपलले किन्यो हुन्डाईको चोङकिङ प्लान्ट, वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता वृद्धि

दिपलले किन्यो हुन्डाईको चोङकिङ प्लान्ट, वार्षिक ३ लाख कार उत्पादन गर्ने क्षमता वृद्धि

हुन्डाई मोटर कम्पनी (बेइजिङ हुन्डाई) को चोङकिङ प्लान्ट चाङ्गनको दिपल...

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...