रोयल इन्फिल्ड लेडी राइडर्स गेट टुगेदर सम्पन्न, रोड सेफ्टी ट्रेनिङ र अन्तरक्रिया आयोजना
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले रोयल...
रोयल इन्फिल्डले विभिन्न मोडलका नयाँ बाइक बजारमा ल्याउने तयारीका साथ कार्य गरिरहेको छ । ती मध्ये पहिलो चरणमा रोयल इन्फिल्ड शटगन ल्याउने सम्भावना छ । यो बाइक पहिलो पटक परीक्षणको क्रममा भारतीय सडकमा देखिएको छ ।
रोयल इन्फिल्ड शटगन ६५० मा साइड माउन्टेड एक्जस्ट सिस्टम, ट्विन रियर शक एब्जर्बर, अपसाइड–डाउन फ्रन्ट फोर्क, ड्युअल च्यानल एबीएस सिस्टमको फ्रन्ट र रियर डिस्क ब्रेक र ट्रिपर नेभिगेसनका लागि छुट्टै पोड सहितको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट जस्ता फिचर हुनेछ । यसलाई पावर दिनका लागि ६४८ सीसी प्यारालल ट्विन–सिलिन्डर एयर÷आयल–कुल्ड इन्जिन दिइनेछ ।
यो इन्जिनले ७२५० आरपीएममा ४७.६५ पीएस अधिकतम पावर र ५२५० आरपीएममा ५२ एनएम टर्क जेनेरेट गर्छ । यसलाई ६ स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।
चेन्नईमा आधारित निर्माताले अगस्टको सुरुमा अल न्यू हन्टर ३५० पेश गर्ने योजना बनाएको छ र त्यसपछि हिमालयन ४५०, सिंगल–सिटर क्लासिक, नेक्स्ट जेनेरेशन बुलेट ३५० र लिक्विड कुल्ड इन्जिनसहित ६५० सीसी बाइक लन्च गर्नेछ ।
कम्पनीले इन्टरसेप्टर र कन्टिनेन्टल जीटी ६५० को ट्विन क्रयाडल प्लेटफर्ममा आधारित एक क्रुजर पहिले नै धेरै पटक परीक्षण गरिएको छ । लन्चिङ पछि यसलाई सुपर मेटियर नाम दिइनेछ ।
कम्पनीले गत वर्षको अन्त्यमा इटालीको मिलानमा भएको ईआईसीएमए शोमा एसजी६५० अवधारणाको ग्लोबल प्रिमियर आयोजना गरेको थियो । यो मोडेल भारतमा पहिलो पटक परीक्षणको क्रममा देखिएको थियो जसलाई अर्को वर्ष लन्च गर्ने अपेक्षा गरिएको छ ।
सिंगल सिटर बबरको साथ स्प्लिट सिट रोडस्टर भेरिएन्ट पनि हुन सक्छ । बाइकमा एक टियर ड्रप आकारको इन्धन ट्याङ्की, क्रोम बेजेलसहितको गोलाकार एलईडी टेल ल्याम्प, राउन्ड आकारको रियरभ्यू मिरर, हलोजन टर्न इन्डिकेटर, कालो अलोय ह्विलका साथै अन्य विशेषताहरु छन् ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले रोयल...
काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्ड मेटियर ३५० मोटरसाइकलको बिक्री...
गाडी र मोटरसाइकलको कारोबारमा नयाँ ठूला व्यवसायीक घरनाको रुची बढ्न थालेपछि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...